पछिल्ला सामग्री :
भारतका पूर्वप्रधानमन्त्री गुजरालको निधन

एजेन्सी, १५ मंसिर/ भारतका पूर्वप्रधानमन्त्री इन्दरकुमार गुजरालको निधन भएको छ । नयाँ दिल्लीस्थित मेदान्त अस्पातलका उपचारको क्रममा ९२ वर्षको उमेरमा उनको निधन भएको हो ।

नोभेम्बर १९ देखि अस्पतालमा उपचार गराइरहेका गुजरालको आज दिउँसो ३:२७ बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । छातीमा समस्या देखिएपछि केही दिनदेखि गुजरालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनी सन् १९९७ अप्रिलदेखि १९९८ मार्चसम्म प्रधानमन्त्री भएका थिए ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.