मनिषा कोइरालालाई क्यान्सर
एजेन्सी, १४ मंसिर/ बलिउड
नायिका मनिषा कोइरालालाई क्यान्सर भएको छ । कोइरालाले उपचार गराइरहेको
मुम्बइको जसलोक अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उनलाई
क्यानसर भएको जनाएका छन् ।
कोइराला उपचारका लागि २ दिनअघि जसलोक अस्पताल भर्ना हुनुभएको हो । केही दिन अघि अस्वस्थ महसुस गरेपछि मनिषा उपचारका लागि मुम्बइ जानुभएको थियो ।
बेहोस भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । मनिषाले आफ्नो रोगबारे थाहा पाइसकेको र बहादुरीका साथ रोगसँग लड्ने बताएको भारतीय संचारमाध्यमले जनाएका छन् । कस्तो क्यान्सर भएको हो भन्ने विषयमा कुनै पनि मिडियाले खुलाएका छैनन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.