एसएलसी परीक्षाको समय तालिका सार्वजनिक (साथमा रुटिङ)
काठमाडौँ, १३ मंसिर/ यस वर्षको एसएलसी परीक्षा आगामी चैत्र १ गतेदेखि सुरु हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले आज एक सूचना जारी गरि चैत्र १ गते विहीबारदेखि एसएलसी परीक्षा सुरु हुने जनाएको हो । बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा ८ गते सकिने छ ।
शनिबारको बिदा बाहेक अन्य बिदामा पनिलगातार परीक्षा सञ्चालन गरिने भएको छ । नियमित र एक्जेम्टेड परीक्षार्थीका लागि एउटै समय र एकै प्रकारका प्रश्न पत्र तयार गरिएको सूचनामा उल्लेख छ ।
साथै प्रयोगात्मक परीक्षाको व्यवस्था जिल्ला शिक्षा कार्यालयले नै गर्ने र विगतका वर्ष अनुरुपकै दस्तुर तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.