पछिल्ला सामग्री :
मिर्गौलापीडित सुजेन्द्रलाई सहयोग

भोला थापा क्षेत्री
दोहा वैदेशिक रोजगारीका लागि कतार पुगेका तनहुँका सुजेन्द्र थापाको दुवै मिर्गौला खराब भएपछि उनको उपचारका लागि रकम संकलन गरिएको छ । कतारमा विभिन्न कम्पनीमा कार्यरत स्वदेशी तथा विदशी नागरिकबाट संकलित पाँच लाख १२ हजार रुपैयाँ सहयोग स्वरूप नेपाल पठाइएको छ ।
अल्मिस्नाथ किलिनिङ कम्पनीमा किल्नियरमा कार्यरत तनहुँ, भगवतिपुर–४ का थापालाई उनका मामाको सहयोगमा कतारमा संकलन गरिएको उक्त रकम लारी एक्सेज अल्खोरबाट काठमाडौँ एभरेस्ट बैंकमार्फत पाउनेगरी थापाकै नाममा पठाइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा उनी २६ जुलाई २०१२ कतार गएका हुन् ।
 
काम गर्दाकै अवस्थामा अचानक थापालाई पेट दुख्ने, बान्ता हुने गरेपछि स्थानीय हमाद अस्पतालमा उपचार गराउँदा डाक्टरले दुवै मिर्गौला खराब भएको जानकारी दिएको थियो । मिर्गौलामा समस्या आएपछि उनको उपचारका लागि उनीसँगै कम्पनीमा कार्यरत समाजसेवी कुमार कार्कीको सहयोगमा थापालाई उपचारका लागि नेपाल पठाइएको थियो ।

IP

1 comments

Ramro kam ko thalaine bhaiyo hai. sabai lai badhai 6.

Write Down Your Responses

Thanks for Your comment.