लोडसेडिङका कारण सञ्चार सेवा ठप्प
प्युठान, २६ पुस/ जिल्लामा विगत तीन दिनदेखि जारी लोडसेडिङका कारण यहाँको सञ्चार सेवा ठप्प भएको छ ।
लोडसेडिङको विरोधमा आक्रोशित उपभोक्ताले विद्युत् उत्पादक बुटवल पावर कम्पनीमा आगजनी गरेपछि केन्द्रले विद्युत् उत्पादन बन्द गर्दा जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको हो । आगजनीको कारण १८ करोडभन्दा बढीको क्षति भएको भन्दै पावर कम्पनीका कर्मचारीसमेत आक्रोशित बनेका छन् ।
बिजुली नहुँदा जिल्लामा सञ्चालित तीनवटा सामुदायिक रेडियो, तीनवटा साप्ताहिक र एक अर्धसाप्ताहिक पत्रिका बन्द भएका छन् ।
यस्तै रोल्पामा पनि तीनवटा रेडियो बन्द छन् । त्यसैगरी विद्युत् नहुँदा टावर बन्द भएपछि त्यहाँ सञ्चालित जिएसएम मोबाइल, सिडिएमए स्काई फोन र ल्यान्डलाइन फोन अवरुद्ध भएका छन् । उता कर्मचारी, संघर्ष समिति, राजनीतिक दल र प्रशासनबीच वार्ता भइरहेको र साँझसम्म सहमति हुन सक्ने बताइएको छ ।

![]() |