पछिल्ला सामग्री :
सहमतिकै आधारमा राष्ट्रिय सरकार : अध्यक्ष थापा

धनकुटा, २७ पुस/ पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सम्पूर्ण दलहरूको सहमतिका आधारमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताउनुभएको छ ।

सबै दलहरूको सहमतिमा चाँडै सहमतीय सरकार गठन गरी मुलुकलाई निकास दिनुपर्ने थापाको भनाइ छ । धनकुटाको डाँडागाउँमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले दलहरूबीच सहमतिको विकल्प नरहेको बताउनुभयो ।

राष्ट्रिय सहमतीय सरकारले मात्रै निर्वाचन गरी मुुलुककलाई निकास दिन सकिने थापाको भनाइ थियो ।
IP

,