पछिल्ला सामग्री :
स्नुकर हलमा विस्फोट, १२५ को मृत्यु, १२० घाइते

एजेन्सी, २७ पुस/ पाकिस्तानको क्वेटा सहरमा रहेको एक स्नुकर हलमा भएको दुइ बेग्लाबेग्लै विष्फोटमा परी ज्यान गुमाउनेको संख्या एक सय २५ पुगेको छ ।

पहिलो विस्फोटपछि घाइते भएकाहरूलाई उद्धार गर्ने क्रममा दोस्रो विस्फोट भएकाले मृत्यु हुनेको संख्या बढेको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा सञ्चारकर्मी र उद्धारकर्मीहरूसमेत रहेको बताइएको छ ।

क्वेटा सहरअन्तर्गत अल्पसंख्यक सिया मुस्लिमहरूको बसोबास रहेको त्यस क्षेत्रमा भएका विस्फोटका दुई छुट्टाछुट्टै समूहले जिम्मा लिएका छन् । सुन्नी समूह लस्कर ‘ए’ झ्याङभी र युनाइटेड बलुच आर्मीले घटना आफूले गराएको दाबी गरेको बिबिसी अनलाइनले जनाएको छ ।

पृथकतावादी र साम्प्रदायिक अतिवादीहरू सक्रिय रहेको बलुचिस्तान प्रान्तमा यसअघि पनि पटक–पटक ठूला विस्फोटका घटना हुँदै आइरहेका छन् ।
IP