पछिल्ला सामग्री :
लिगमा मछिन्द्र र सरस्वती विजयी

काठमाडौँ, २६ पुस/ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सरस्वती क्लव विजयी भएको  छ ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो खेलमा सरस्वतीले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–० ले पराजित गरेको हो । जितसँगै १२ खेलबाट १७ अंक बनाएको सरस्वती दशौं स्थानमा छ भने समान खेलबाट १२ अंक बनाएको एपिएफ १३औं स्थानमा छ । सरस्वतीका लागि कुशल श्रेष्ठ, योना र ओलाओलेले गोल गरेका हुन् ।


यसअघि आजै भएको पहिलो खेलमा बौद्ध फुटबल क्लवलाई ३–० ले नै पराजित गर्दै मच्छिन्द्र क्लव अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मच्छिन्द्रका लागि विशाल राई ए, दिपक राई र कर्ण लिम्बुले गोल गरेका हुन् ।



जितसँगै मच्छिन्द्र क्लवले शीर्ष स्थानको थ्री स्टार क्लवसँग अंक बराबरी गरेको छ । समान १२ खेल खेलेका थ्री स्टार र मच्छिन्द्रको समान २६ अंक भए पनि गोल अन्तरमा मच्छिन्द्रलाई पछि पारेको थ्री स्टार शीर्ष स्थानमा छ । समान खेलबाट १ अंक मात्र बटुलेको बौद्ध ३ खेल बाँकी छँदै रेलिगेसनमा परेको छ ।
IP