‘कानुनको कठघरामा आउनैपथ्र्यो’
नेपालवाणी नेटवर्कको वाणीबहसमा ऋषि धमलाले नेपाली कांग्रेसका युवा नेता गगन थापासँग गर्नुभएको कुराकानी ।
प्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति कस्तो लाग्यो ?
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूसँग भएको राजनीतिक पुँजी करिब करिब सक्याइसक्नुभएको थियो केही थोरै कुरा बाँकी थियो अब त्यो सिमित भएको छ केही पनि छैन ।
प्रधानमन्त्री किन यस्तो बोल्नुभयो ?
मलाई प्रधानमन्त्री विस्तार दुईवटा कुरा एउटा उहाँले यो भन्दाअगाडिको कुरा हेर्दै जाने हो भने हेप्दै जाने प्रवृति देखियो मैंले जे भने पनि गर्न सक्छु । जे भने पनि हुन्छ प्रतिवाद हुँदैन र प्रतिरोध हुँदैन भन्ने लाग्न थाल्यो र अर्को कुरा उहाँहरूमा ठूलो डर पनि देखियो । अहिलेको जुन घटना बाहिर आएका छन् । यसबाट जो हिजो ती खालका अपराधहरूमा संलग्नमा थिएनन् । उनीहरू ती विषयमा डराउनु पर्दैन । तर एमाओवादीको शीर्ष नेताहरूमा बीचमा ठूलो डर देखियो । भोलि घटनाहरू गहिराइसम्म पुग्दै गर्दा ती प्रश्नहरूको उत्तर आफैंले दिनुपर्छ जवाफदेहिता बोक्नुपर्छ भन्ने डरको कारणले गर्दा पनि उहाँहरूले यसलाई थामथुम गर्ने लागेको होला ।
भट्टराईले एउटा गम्भीर अवस्थामा शान्ति प्रक्रिया टुङ्ग्याउने बेलामा यो मुद्दा उठाउने होइन ?
शान्ति प्रक्रियालाई अगाडि बढाउने, टुङ्याउने भन्ने कुराको सन्दर्भमा कुनै दुई मत छैन । नेपालका एमाओवादी बाहेकको अरू राजनीतिक दलहरूले यी दृष्यहरूका सन्दर्भमा देखाएको लचकता वास्तवमै त्यो शान्ति प्रक्रियाको पक्षमा छ । हिजो हामीले हाम्रा कतिपय कराहरू कमजोरी हुन् । प्रहरीले पनि एउटा, दुईवटा घटनाहरू जसरी बाहिर आए जुन शान्ति प्रक्रियामा हामीले गरेको नियोजित ढिलाइ कारणले पनि भएका हुन् । अझ एउटा दुईवटा घटना खास गरिकन डेकेन्द्र थापा जीको विशेष मुद्धाको सन्दर्भबाट हामीले हेरांै भने अभियुक्त आफंैले स्वीकार गरिसकेको पश्चायतको जुन अवस्था बनेको छ । मलाई लाग्छ यसले प्रधानमन्त्रीको ठाउँबाट यो मुद्दालाई म अगाडि बढ्न दिन्छु र यसले शान्ति प्रक्रियामा अरु संवेदेनसिलता लिएर आउँछ भन्ने कुरा उहाँलाई लागेको हो भने अव यो द्वन्द्वकालीन, यो संक्रमण कालीन संरचनामा न्यायका संरचनाहरू म तत्काल बनाउनु पर्छ भन्ने सन्दर्भमा म छिटो अगाडि बढाउनु भन्ने ठाँउमा शान्ति पं्रक्रियाको नाममा निरन्तर प्रचण्ड, बाबुरामले धम्क्याइ राख्ने त्यसपछि सबैकुराहरूलाई जोगाई राख्ने भन्ने कुरा अब सम्भव हुँदैन ।
महान्यायधिवत्ताले बयान रोक्ने दिएको अभिव्यक्ति तपाईलाई कस्तो लाग्यो ?
मुक्ति जी अब महान्यायधिवक्ताको रुपमा भन्दा पनि एउटा एमाओवादी पार्टीको अन्य सदस्यको पार्टीको कार्यकर्ताको रूपमा लिन सकिन्छ । उहाँको अभिव्यक्तिको पछाडि हामीले पनि त्यो सम्मान महान्यायधिवक्ताको रुपमा गरि राख्नु पर्छ भन्ने लाग्दैन । हामी त सडकमा आइसकेका छांै हामी किन आएको हौं भने हाम्रो त्यही विश्वास घटेर पनि हो । सरकारको प्रमुखले महान्यायधिवक्ताले जुन खालको भूमिका निर्वाह गर्नुभएको छ । त्यस पछाडि त्यो भएको सन्दर्भको कारणले सडकमा आएका हांै । अब यो फैसला संघर्षले पनि गर्छ ।
पत्रकार डेकेन्द्र थापको मुद्धा राष्ट्रिय करण नभई अन्तरराष्ट्रिय करण भएको छ ?
राष्ट्रिय करण तथा अन्तरराष्ट्रिय करण सबै कुरा हुन्छ । डेकेन्द्र थापाको यो मुद्दाबाट अब बाँकी रहेको सबै गाँठो पनि फुक्छ ।
पत्रकार महासंघले हत्यारालाई कारवाही भएन भने अन्तरराष्ट्रिय अदालतमा लैजान्छौ ?
युद्धको अपराधी ढिलो चाँडो न्यायको कठघरामा आउनैपथ्र्यो । कानुनको कठघरामा आउनैपथ्र्यो । यसलाई हामीले लुकाउन खोजौं टार्न खोजौ तर परिस्थितिले सबै कुरा बाहिर लिएर आइदिएको छ । अब यसको छिनोफानो नगरिकन शान्ति प्रक्रियाको नाममा सधै भरि यसलाई म जोगाएर, थम्थम्याएर राख्छु भन्ने प्रस्थिति अब सम्भव हँुदैन ।
- Nepalbani

![]() |