निकासका लागि निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री
काठमाडौँ, २५ पुस/ प्रधानमन्त्री डा. बाबुराम भट्टराइले देशको राजनीतिक निकासका लागि संविधान सभाको नयाँ निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।राजनैतिक दलहरूले संविधानसभाको निर्वाचन मार्फत नयाँ संविधान दिन नसकेकाले देश अन्धारमा परेको भन्दै उहाँले निर्वाचनको सुनिश्चितता सहितको प्याकेजमा राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई संबोधन गर्दै प्रधानमन्त्री भट्टराईले प्रतिपक्षी दलहरूको गैर जिम्मेवापूर्ण प्रवृतिले संक्रमणकालको सही निकास दिन नसकेको आरोप लगाउनुभयो । आफू नै विकल्प नदिने र अरुले अघि सारेको विकल्पको विरोध मात्र गरिरहने गैर जिम्मेवार प्रवृत्तिले अहिलेको अबस्था सृजना भएको प्रधानमन्त्रीको आरोप छ ।
अग्रमनकारी र यथास्थितिवादी शक्तिले एक अर्कालाई परास्त गर्न नसकेको र एक अर्कासँग सम्झौता गर्न पनि तयार नरहेकाले अहिलेको अवस्था उत्पन्न भएको प्रधानमन्त्री भट्टराईको भनाइ छ ।
![]() |


