अंकुराउन नपाएको प्रेम I
–भोला थापा क्षेत्री
भोलिको मिलनको आशमाहरेक आजहरू तिम्रै सम्झनामा
बिलन हुने गरेको छ ।
कहिले तिम्रो प्रतिविम्बसँग कुरा गर्छु
कहिले तिमीसँग बिताएका पलहरू सम्झदै
रोमाञ्चित र उत्साहित हुन्छु,
खै किन यस्तो हुन्छ ?
प्रश्न आफ्नै मनले आफैंलाई गर्छु ।
आँखा बन्द गर्छु तिमी मसँग लिप्त हुन्र्छौं
आँखा खोल्छु तिमी बिलिन हुन्र्छांै
अनि
आँशुका ढिकाहरू आँखाको ढिलबाट
वर्षात यामको वर्षा जस्तै
बरर बरर बरर बर्सिन्छन् ।
त्यहि आँशुमा पनि तिम्म्रै प्रतिबिम्ब देख्छु
तिमी स्तब्ध छेउ
मौन वाणी बुझ्न सक्दिन म
प्रश्न तेस्र्याउन नपाउँदै तिमि हराउछेउ
यो सहरमा तिमिलाई खोज्न
कहाँ पुगिन होला र ?
कहिले जैद्धा पार्कमा
कहिले अलखोर गार्डेन
कहिले होमसाईडको बगरमा
घन्टौ घन्टौ टोलाएको छु,
एक्लै बरबराएको छु
पागल प्रेमीले जस्तै ।
तर, बिडम्बना
समय म भन्दा धेरैअगाडि बढिसकेछ
म फेदमै रहेछु ऊ शिखर चुमिसकेछ
मेरो सच्चा प्रेमको प्रतिफल
धोकेबाजको पगरि गुथेर म भुपु भै सकेको रेछु
वर्तमानले त नेटो काटिसकेछ ।
मेरो चोखो प्रेम अंकुराउन नपाउँदै बज्रपातमा
मर्नु न बाच्नुको दोसाधमा जिउँदै रहेछ
निर्मोहीको यादमा जल्दैपो रहेछ ।
![]() |


