महिला इकाई समितिमा चादनी चौधरी I
तिलविक्रम थेवे
दोहा-नेपाली जनप्रगतिशील मञ्च दोहा कतारले नेशनल एरियाको तर्फबाट नेपाली महिला श्रमिकहरुको ऐक्यवद्धतामा पहिलोचोटी नेशनल महिला ईकाई समिति गठन गरेको छ । कतारमा श्रम र कानुनले प्रदान गरेको महिलाहरुको हकहित र अधिकारको लागि नेपाली नेपाली महिलाहरुलाई सचेत गराउदै नेपाली महिलाहरुका नेपाली भावना, संस्कार र संस्कृतिको पहिचान र संरक्षण सम्बर्धनका लागि कतारमा सक्रिय रहेकी नेपाली ठकुराइन दिदी भनेर सबैले आदरपुर्ण सम्बोधन गरिइने निडर निर्भिक, परिचित चाादनी चौधरीको नेतृत्वमा सो इकाई समिति गठन गरिएको हो ।
महिला इकाई समितिमा अध्यक्ष चाादनी चौधरी–मोरङ्ग, उपाध्यक्ष ललिता गौतम (सुव्वा)–इलाम, सचिव रंगिला लामा–ललितपुर गोदावरी, कोषाध्यक्ष सजेशा लाओती –पााचथर कुरुम्बा रहेकाछन् । विभिन्न कम्पनीमा कार्यरत् नेपाली श्रमिक महिला दिदीबहिनीलाई समेट्दै रिक्त सदस्यहरुको विस्तार क्रमश गर्दै जाने गरी हाललाई ललिता सदा–उदयपुर, पुर्णमाया राई (पुनम राई)–सुनसरी धरान, रजिना परियार– झापा लगायतका सदस्यहरु समेत सो इकाइ समितिमा चयन गरिएका छन् । एक विशेष कार्यक्रमका विच मञ्चका अध्यक्ष रमेश भट्टले मञ्चका तर्फबाट चाादनी चौधरी लगायत महिला इकाई समितिका दिदीबहिनीहरुलाई हार्दिक स्वागत गरेका थिए ।
मञ्चका सचिव बुद्धिराज परियार, केन्द्रिय सचिवालय सदस्य जिवछ महत्तो, केन्द्रिय सदस्य राजेश परियार, हरी मगर लगायतले शुभकामना दिएका थिए ।
![]() |


