पछिल्ला सामग्री :
नेपाल बारको चुनाव प्रचार तीव्र I

मुक्तिबाबु रेग्मी
काठमाडौँ, २२ पुस/ 
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसको चुनावी प्रचार–प्रसार तीव्र भएको छ ।

बारमा आउने नयाँ नेतृत्वले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने भएकाले अहिले राजनीतिक दलदेखि कानुन व्यावसायीहरू आफ्ना पक्षका उम्मेदवारलाई जिताउन दौडधुपमा लागेका छन् । आगामी शनिबार हुने निर्वाचनका लागि अहिले तीनवटा प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

लोकतान्त्रिक समूहको नेतृत्व गर्दै अधिवक्ता शेरबहादुर केसी अध्यक्ष पदको चुनावी दौडमा हुनुहुन्छ भने प्रगतिशील समूहबाट हरिकृष्ण कार्की अध्यक्षको दाबेदार रहनुभएको छ । केसीलाई नेपाली कांग्रेस, मधेसवादी दलका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका केही कानुन व्यवसायीले समर्थन गरेका छन् ।

तर, सत्ता साझेदारीमा माओवादीसँग असहमति राख्दै आएको एमाले समर्थित कानुन व्यवसायीले भने माओवादीको समर्थनमा कार्कीलाई अगाडि सारेका छन् । प्रगतिशील प्यानलमा नपरेका र सद्भावना पार्टी समर्थित कानुन व्यवसायीको नेतृत्व गर्दै सूर्यदर्शन थापाको प्यानल पनि चुनावी मैदानमा छ ।

निर्वाचनमा देशभरका आठ हजार दुई सय ९५ कानुन व्यवसायीले मतदान गर्नेछन् । चुनावका लागि राजधानीसहित देशभर ३३ वटा मतदान केन्द्र तोकिएको छ । २८ गते मतदान गरेपछि २९ गते  काठमाडौँमा मतगणना सुरु हुनेछ ।



IP