उदयपुरमा बालमैत्री शिक्षाको प्रभाव बढ्दै
गाईघाट (उदयपुर)/ उदयपुरको विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा सञ्चालन गरिँदै आएको बालमैत्री शिक्षाको प्रभाव दिनानुदिन बढ्दै जान थालेको छ । बालमैत्री शिक्षा सञ्चालन भइरहेका विद्यालयमा अहिले स्थानीय बालबालिका बढी आकर्षित हुँदै जान थालेका छन् । जिल्लाका दर्जनाँै सरकारी तथा सामुदायिक विद्यालयमा नमुनाको रुपमा नै बालमैत्री शिक्षा सञ्चालन हुँदै आइरहेको छ ।
नमुनाको रुपमा बालमैत्री शिक्षा सञ्चालन भएका विद्यालयमा बालबालिका बढी विद्यालय आउने आकर्षित हुने गरेको र कक्षा तीनसम्म विद्यार्थीको सङ्ख्यामा पनि अत्यधिक वृद्धि हुने गरेको पाइएको छ । त्रियुगा नगरपालिका– ८ बगाहाका रेशमलाल जनप्रेमी निम्नमाध्यमिक विद्यालयमा बालमैत्री शिक्षा सञ्चालन हुन थालेपछि हाल कक्षा एकमा मात्रै ८० जना विद्यार्थी भर्ना भएको र सबै प्रत्येक दिन विद्यालय आउने गरेको विद्यालयका प्रधानध्यापक उद्धवप्रसाद घिमिरे बताउनुभयो ।
उहाँले विद्यालयमा बालमैत्री शिक्षा सञ्चालन हुन थालेपछि विद्यार्थी बढी आकर्षित भई आउने गरेका छन्, अझ अहिले त निजी विद्यालय बोर्डिङका विद्यार्थीसमेत आकर्षित भई आउन थालेका छन्, सबै विद्यार्थी खुसी साथ पढ्ने गरेका छन् भन्नुभयो ।
सोही विद्यालयकी कक्षा एककी शिक्षिका शान्ता पोखरेल भन्नुभयो, ‘हामीले बालमैत्री पूर्ण वातावरणमा विद्यार्थी पढाउँछौँ, उनीहरु हामीलाई घरपरिवारको सदस्यजस्तै ठान्छन्, सबैजना प्रत्येक दिन विद्यालयप्रति आकर्षित भई विद्यालय आउँछन्, समूहमा खेल्छन् र आफँै सिर्जनात्मक कार्यसमेत गर्ने गरेका छन्, कुनै पनि बालबालिका एक दिन पनि अनुपस्थिति भएका छैनन् ।’
यस्तै त्रियुगा नगरपालिका– ५ सत्यदेवि मावि भुल्केमा पनि बालमैत्री शिक्षा प्रभावकारी बन्दै गएको छ । विद्यालयमा बालमैत्री शिक्षाको वातावरणको आधारमा शैक्षिक क्रियाकलाप गर्न थालेपछि अहिले कक्षा दुईसम्ममा विद्यार्थीको सङ्ख्या १५९ पुगेको विद्यालयका प्रधानध्यापक तीलकबहादुर कटुवाल बताउनुहुन्छ ।
कक्षा एककी शिक्षिका सबिता भट्टराईले बालमैत्री शिक्षाको तालिम लिएर आफूहरुले कक्षा सञ्चालन गर्न थालेपछि बालबालिका विद्यालयप्रति बढी सकारात्मक रहेका छन्, दैनिक स्कुल, आउने, आफ्ना कक्षा सफा गर्ने कार्यदेखि विभिन्न कार्य विद्यार्थी आफैँले गर्ने गरेका छन् भन्नुभयो ।
बालमैत्री कक्षा सञ्चालन हुन थालेपछि साना–साना बालबालिका बढी विद्यालय जान रुचाउने र हरेक कामहरु गर्न विद्यार्थी बढी उत्साही हुने कारण पनि तल्लो तहका कक्षामा विद्यार्थी बढी उपस्थिति हुने गरेको पाइएको छ ।
बालमैत्री कक्षा सञ्चालन हुने विद्यालयमा विद्यालयका अभिभावक पनि विद्यालयप्रति बढी सकारात्मक र जिम्मेवारी हुने गरेको सम्बन्धित विद्यालयका शिक्षकहरु बताउँछन् । जिल्लामा बालमैत्री शिक्षाको प्रभावले शैक्षिक विकासमा राम्रो प्रभाव पर्दै गएको जिल्ला शिक्षा कार्यालयका कर्मचारीसमेत बताउँछन् ।
जिल्ला शिक्षा कार्यालय उदयपुरका सहायक जिल्ला शिक्षा अधिकारी जयप्रसाद महत भन्नुभयो, “बालमैत्री शिक्षा सञ्चालन भएका विद्यालयमा बालबालिकामा शिक्षा र विद्यालयप्रति राम्रो र सकारात्मक प्रभाव परेको पाइएको छ, यो अवश्य पनि शिक्षा विकासको लागि सकारात्मक कुरो हो” ।
बालमैत्री शिक्षालाई अझ विस्तार गर्न पर्ने विषयमा जिल्लाका विभिन्न शिक्षाविद् तथा शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिको समेत सकारात्मक धारणा रहेको छ ।
उदयपुर त्रियुगा जनता बहुमुखी क्याम्पसका शिक्षा विभागका प्रमुख टीकाप्रसाद पौडेल भन्नुहुन्छ “जिल्लामा बालमैत्री शिक्षाको विकासले बालबालिकामा सकारात्मक प्रभाव पारेको छ, तर यसलाई सीमित विद्यालयमा मात्र हैन, सबै जिल्लाका विद्यालयमा समेत अनिवार्य कार्यान्वयन गराउन सके झनै राम्रो हुने देखिन्छ” ।
केही सामाजिक सङ्घ–संस्था र सरकारको पहलबाट उदयपुरमा पनि बालमैत्री शिक्षा जिल्लाका केही विद्यालयमा सञ्चालन हुँदै आएका छन् । बालमैत्री शिक्षा भनेको बालबालिकालाई मैत्रीपूर्ण तथा मित्रवत् व्यवहारबाट शिक्षा दिनु हो, नकारात्मक सजाय नदिई विद्यार्थीलाई मनोवैज्ञानिक विधिबाट विद्यालयतिर आकर्षित गर्नु र उनीहरुलाई नै विद्यालयमा सहभागी गराई विभिन्न शैक्षिक क्रियाकलाप गराउनु हो ।
बालमैत्री शिक्षाको लागि लगानी राज्यले नै गर्दै आएको छ । यसलाई अझ आगामी दिनमा जिल्लामा लगानी वृद्धि गरेर प्रभावकारी बनाउन सके बालमैत्री शिक्षाको प्रभावले तल्ला तहका कक्षामा बालबालिकाप्रति शिक्षाको राम्रो प्रभाव पर्ने उदयपुरका शिक्षा क्षेत्रका अनुभवीको समेत धारणा रहेको पाइन्छ । रासस

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.