‘रेग्मीलाई प्रधानमन्त्री नबनाऊ’
काठमाडौँ, ६ माघ/ बहालबाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दलहरूको तयारी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने तयारी दलहरूले गरिरहेका वेला अधिवक्ता भरत जंगमले तयारी रोक्न माग गर्दै रिट दायर गर्नुभएको हो ।
जंगमको रिटमा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनु शक्ति पृथकीकरण र संविधानवादको सिद्धान्तविपरीत भएको भन्दै अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । जंगमले रिटलाई अग्राधिकार दिनसमेत माग गर्नुभएको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.