पछिल्ला सामग्री :
नेपाली महिला समाज दोहाको ज्ञापनपत्र

दोहा/ नेपाली महिला समाज कतारले नेपाली नियोगमार्फत प्रधानमन्त्री बाबुराम भट्टराईलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

वैदेशिक रोजगारीमा आएका महिलाले मात्र नभई देशभित्र पनि नेपाली महिलामाथि दिनहुँ हत्या, ंिहंसा र बलात्कारजस्ता जघन्य अपराध नेपाली महिलामाथि भइरहेकोले नेपाली महिला समाज कतारले ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।

‘महिलामाथि हिंसाका घटना हुँदा पनि सरकार मौन रहेको छ । देशमा शान्ति सुरक्षा, गाँसबास, कपास र रोजगारीको अभावले गर्दा बाध्य भएर विदेशिनुपरेका नेपाली महिलाहरूलाई सरकारले उचित तालिम दिई सुरक्षाको प्रत्यभूति दिएर मात्र विदेश पठाउनुपर्नेछ । छुवाछूत, दाइजो र आफ्नै पतिबाट पाशविक तरिकाले हत्या गर्ने भारतमा लगेर बेच्न र कुटपिट गर्ने गरिएको छ,’ विज्ञप्तिमा उल्लखे छ ।

समाजका पदाधिकारी अध्यक्ष रेखा राई, प्रथम उपाध्यक्ष रोजिना बस्तोला, द्वितीय उपाध्यक्ष चाँदनी चौधरी, महासचिव जानुका बस्नेत खड्का, सचिव अमिना खान, कोषाध्यक्ष संगिता लामाले ज्ञापनपत्र नियोगका मिनिस्टर कन्सुलर ऋषिराम घिमिरेसमक्ष बुझाउनुभएको हो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.