पछिल्ला सामग्री :
तामाङ् समाज जापान ले टोक्योमा सोनाम ल्होछार मनाउने


बिगत् बर्ष हरूमा झै नेपाल् तामाङ् समाज जापान ले तामाङ जातीको महान पर्व २८४९  औँ  सोनाम ल्होछार [नया बर्ष] यहि ११फेब्रुअरी सोमबार को दिन टोक्यो  मा भव्यताका साथ मनाउने भएको छ  ।
images (31)
नेपाल् लगायत विश्व भरिरहेका तामाङ् समुदाय ले मनाउने यस महान पर्ब आउदो हप्ता केहि दिनको लागि लागातार बिभिन्न खेलकुद प्रतियोगिता,मिस तमाङ प्रतियोगीता,सांगीतिक कार्यक्रम साथै आमसभा,ल्होछार बिशेष सभा गरि खुलामन्च टुडीखेल मा मनाउन लागिरहेको छ।

स्मरन रहोस् तामाङ् गुरुङ र शेर्पा जाति ले मनाउने पर्ब ल्होछार/लोसार लाई नेपाल् सरकार ले राष्ट्रिय पर्ब को रुपमा ग्रहन गरि गणतन्त्र को घोषणा पछी सार्वजनिक बिदा दिने गरेको छ।
साझको ५:३०  बजे देखि रात्री भोज सहित शुरु हुन लागेको सो कार्यक्रममा शुभकामना अदान प्रदान,बिभिन्न सास्क्रीतीक साथै मनोरम्जनात्मक कार्यक्रम को पनि  व्यवस्था गरिएको समाज का अध्यक्ष सुकुमान तामाडले जानकारी दिनु भएको छ ।
जापान स्थित सम्पुर्ण तामाङ् दिदीबहिनी तथा दाजुभाई हरुलाई  उपस्थित भई ल्होछार् कार्यक्रम सफल पारी दिनु हुन नेपाल् तामाङ्  समाज जापान ले हार्दिक अनुरोध समेत गरेको छ ।

कार्यक्रम को थप् जानकारी

स्थान-:माया रेस्टुरेन्ट (JR) लाइन गोतान्दा स्टेसन]
५-२८-१२ हिगासि गोतान्दा
सिनागावा, टोक्यो।
समय-:बेलुकी ५:३० बजे बाट
प्रबेश शुल्क-:महिला ३०००यन
पुरुष ३५०० यन
[खाना र पिउन सहित]
थप् जानकारी को लागि सम्पर्क ।
१] तारा गोले          ०८०३४७५४६६४
२] सन्जिब तमाङ  ०८०३५१८९९०२
३] सुकुमान थिङ   ०९०६४७०४४९२
४] कुमार मोक्तान  ०८०३९०३३२६
५] मंगल तामाङ    ०८००८५००९८
६] हवलचन्द्र लामा ०८०३२१६५४६६



IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.