सकिएकै हो त स्टारको भ्यालु ?
आजभन्दा करिब दुई वर्षअगाडि सम्म पनि स्टार भनिएका कलाकारहरूले अभिनय गरेको फिल्मले राम्रो व्यापार गथ्र्यो । तर, अहिले आएर न स्टार कलाकारको फिल्म चलेको छ नत नयाँ अनुहारले अभिनय गरेको फिल्म चलेको छ ।
बलिउड र हलिउडमा हेर्ने हो भने अझै पनि स्टार भ्यालु देखिन्छ । नेपालमा भने स्टार भ्यालु किन हुन सकेन ? के अब स्टार भ्यालु सकिकै हो ? यो बिषयले अहिले बहसको सिर्जना पनि गराएको छ । स्टारले अभिनय गरेका फिल्महरू धमाधम फ्ल्प हुँदै गएकाले पनि यो बिषयले चर्चा पाएको हो ।
करिब २५ वर्षदेखि निरन्तर फिल्म निर्माण्ँमा सक्रिय रहँदै आएका निर्माता छबिराज ओझा भने नेपालमा अझै स्टार भ्यालु रहेको तर्क सार्छन् । उनी भन्छन्– “पहिलाको जस्तो कलाकारमा स्टारडम अहिले छैन तर हराएको पनि छैन ।” उनले रेखा थापाको उदाहरण्ँ दिंदै भने –“अहिले पनि रेखाले अभिनय गरेको फिल्म हिट भईरहन्छ ।” राजेश हमाल बिराज भट्ट, निखिल उप्रेती र आर्यन सिक्देल नेपाली फिल्मका स्टार भएको तर्क अघि सार्ने छबि महिला कलाकारमा रेखा मात्र एउटा स्टार भएको बताए ।
छविले स्टारहरूले आफ्नो स्टारडम बचाउन नसक्दा खस्किंदै जानु परेको तर्क अघि सारे । यस्तै फिल्म क्षेत्रमा कलाकार मात्र नभई निर्देशक र निर्माता पनि स्टार हुने उनको तर्क छ । “जसले राम्रो काम गर्छ र जसको कारण्ँले फिल्म चल्छ उ स्टार हो”, छबिले भने । अहिले अधिकांश अनुहार नयाँ आउनु र पुराना कलाकारले आफूलाई परिवर्तन गर्न नसक्नुले स्टारको महत्त्व हराउन थालेको भने उनले स्वीकारे ।
यता लामोसमय देखि नाट्य बिधामा काम गर्दै पछिल्लो समय नेपाली फिल्ममा सक्रिय बन्दै आएका अभिनेता अनुप बरालले स्टारको भ्यालु हराएर गएको बताए । उनले राजेश हमाल फिल्म उद्योगको एक मात्र स्टार रहेको बताउँदै उनको अभिनयमा भने प्रश्न चिह्न खडा हुने बताए । उनले भने–“राजेश जीले २० बर्ष भन्दा बढि समय फिल्मलाई आफ्नो काँधमा बोकेर हिँड्नु भयो जसले गर्दा उहाँ अहिले पनि स्टार हो । तर उहाँले आफूलाई सुधार्नेतर्फ प्रेरित गर्न सक्नु भएन जसले गर्दा अहिले स्टार भ्यालु कम हुँदै गएको छ ।
यस्तै अनुपले मनोरञ्जनको साधन थुप्रै आएकाले र दर्शकमा चेतनाको बृद्धि भएकाले अहिलेको पुस्तालाई स्टारले आकषिर्त गर्न नसकेको बताए । तर पनि पछिल्लो समयका दुई अभिनेता आर्यन सिग्देल र सौगात मल्लले आफूलाई परिमार्जित गर्दै लैजान सके भोलीका स्टार हुने बताए । तर, स्टार बन्न त्यति सहज नभएको उनको भनाइ छ ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.