पछिल्ला सामग्री :
क्षेत्रिय रक्त सञ्चार केन्द्र भरतपुरमा रक्ततत्त्व छुट्टयाउने मेसिनको अभाव


भरतपुर, २४ माघ/ क्षेत्रिय रक्त सञ्चार केन्द्र भरतपुरमा रक्ततत्त्व छुट्टयाउने मेसिनको अभाव सिर्जना भएको छ ।  रगत संकलन तथा वितरण कार्यलाई तीव्रता दिइए पनि दैनिकजसो सयको हाराहारीमा सेतो रगतको माग हुन थालेपछि रक्तकोष छुट्टयाउने वाह् वकेट क्षमताको दुईवटा रेफ्रिजेरेटर सेन्ट्फ्ुज मेसिन आवश्यक देखिएको छ ।

रक्तसञ्चार केन्द्रमा रहेका दुई रक्ततत्त्व छुट्टयाउने मेसिनमध्ये एउटा मर्मत गर्नुपर्ने अवस्थामा पुगेको जनाइएको छ । ०४२ सालमा स्थापना भएको सो केन्द्र भरतपुर अस्पतालको ५० बेड क्षमतालाई मध्यनजर गर्दै वनाइए पनि जिल्लामा रहेका अस्पतालहरूको पाँच हजारभन्दा पनि बेड पुगिसके पनि केन्द्रलाई अझैसम्म अत्याधुनिक बनाइएको छैन ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.