पछिल्ला सामग्री :
मौसमका कारण बालबालिकामा संक्रमण बढ्यो

काठमाडौँ, ७ फागुन/ केही दिनदेखि प्रतिकूल बन्दै गएको मौसमका कारण बालबालिकामा संक्रमण बढेको पाइएको छ ।

महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा अरू दिनमा उपचारका लागि आउने बालबालिकाको संख्याको अनुपातमा अहिले बढेको छ ।

दैनिक करिब सयजनाको संख्यामा उपचारका लागि बालबालिका आउने गरेको भए पनि अहिले दैनिक करिब दुईको संख्यामा आउने गरेको डा. गणेश राईले बताउनुभयो ।

सो अस्पतालमा आउने बालबालिकामा श्वासप्रश्वास, रुघाखोकी, झाडापखाला, छातीलगायतको संक्रमण बढेको जानकारी डा. राईले दिनुभयो । त्यसैगरी उपचारका लागि आउने पुराना बिरामीको संख्या पनि करिब २५ प्रतिशतले बढेको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.