आजबाट मिदास क्यान इन्फोटेक
काठमाडौँ, २४ माघ/ सूचना तथा सञ्चार प्रविधिलाई थप विस्तार गर्ने उद्देश्यका साथ आजबाट मिदास क्यान इन्फोटक २०१३ सुरु भएको छ ।
राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन भएको मेला आगामी २९ माघसम्म चल्नेछ । मेला सूचना प्रविधिको क्षेत्रमा भइरहेको नयाँ प्रगतिबारे थप जानकारी दिन निकै फलदायी हुने आयोजक संस्था कम्युटर एसोसिएसन अफ नेपालले दाबी गरेको छ ।
सूचना तथा सञ्चार क्षेत्रमा विकास भएका नयाँ प्रविधि प्रदर्शन, प्रविधिको क्षेत्र विस्तार, सूचना प्रविधिलाई अभिन्न अंगका रूपमा विकास गर्नेलगायतमा आवश्यक रणनीति निर्माण गर्ने उद्देश्यले मेला आयोजना गरेको क्यानका महासचिव अमृतकुमार पन्तले जानकारी दिनुभयो ।
हरेक वर्ष यस्तो मेला सञ्चालन गर्दै आएको क्यानको यो १९औँ संस्करण हो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.