पछिल्ला सामग्री :
फिल्म हेरेर बलत्कार !

के हिन्दी फिल्मका दोहोरो अर्थ लाग्ने गीत र उत्तेजक दृश्यले यौन हिंसालाई बढावा दिन्छ त ? धेरै त्यस्तै ठान्लान । तर, बलिउडका धेरै जसो निर्देशक भने यस्तो तर्कसँग सहमत छैनन् ।
फिल्म डर्टी पिक्चरका निर्देशक मिलन लुथरिया बलात्कार वा यौन अपराधको दोष फिल्मलाई दिन नमिल्ने बताउँछन्। । फिल्म र गीतप्रति यस्तो आरोप लगाउनु न्यायसंगत हुँदैन, हामीले हाम्रो समाज, संस्कृति र जीवनशैलीलाई नियाल्नु जरुरी छ, फिल्मलाई होइन लुथरियाले भने ।  
कमेडी फिल्म शिरीन फरहाद की तो निकल पडीकी निर्देशक बेला सेहगलले पुरुषलाई सानै उमेरदेखि महिलाप्रति सम्मानजनक भावना लिन सिकाउनुपर्ने बताइन । आफूलाई जन्म दिने पनि नारी नै हुन र अरु नारीलाई पनि दुव्र्यवहार गर्न हुँदैन भन्ने बुझ्नुपर्छ  बेलाले भनिन् ।
 समाजकै ऐना भएकोले फिल्मलाई समाजका खराब घटनाको दोष दिन नमिल्ने उनको तर्क छ । 
हाम्रो समाज कस्तो छ, फिल्मले त्यस्तै देखाउने हो, मैले फिल्ममा दिल्लीमा भएजस्तो हिंस्रक बलात्कारको दृश्य हेरेको पनि छैन, उनले दावी गरिन् ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.