यस्तो छ सामसुङको ग्यालेक्सी एस ४ (तस्बिर र भिडियो)
प्रविधि
क्षेत्रमा लामो समयदेखि प्रतीक्षामा रहेको सामसुङको नयाँ स्मार्टफोन
ग्यालेक्सी एस ४ बिहीबार राति न्युयोर्कमा सार्वजनिक गरिएको छ। सामसुङको यो
नयाँ स्मार्टफोन झट्ट हेर्दा भने पुरानो मोडल अर्थात् एस ३ भन्दा खासै फरक
देखिँदैन। तर यसमा सुविधाहरु थपिएका छन् र आकारप्रकारमा पनि सामान्य
परिवर्तन गरिएको छ।
सामसुङले
अहिलेसम्मकै स्मार्टफोनमध्ये सबै भन्दा बढी सुविधा भएको फिचरसहित पछिल्लो
उत्पादन सार्वजनिक गरेको छ । आँखा हेरेको भरमा भिडियो खुल्ने र बन्द हुने,
ईशाराकै भरमा गित र फोटोहरु यताउता सार्न सकिने फिचर राखेर सामसुङले नयाँ
मोबाइललाई बजारमा ल्याउने भएको छ ।
आगामी महिनादेखि विश्वका एकसय १५ देशमा एकसाथ बिक्री सुरुवात गरिने यो फोनको बिक्रीपछि स्मार्टफोन बजारमा आधिपत्य जमाउने कम्पनीको लक्ष्य छ भने यसले प्रतिस्पर्धी एप्पलको पसिना छुटाइदिएको छ । आइफोन सिरिज बेचेर लोकप्रियता कमाएको एप्पलको लागि सामसुङ एस ४ गतिलो चुनौती भएको छ ।

५
ईञ्चको स्क्रिन भएको सामसुङ एस ४ मा धेरै कुरा नयाँ छन् । यसले बिभिन्न १०
भाषालाई अनुवाद गर्न सक्ने गरी एप राखिने जनाएको छ । साथै, एन्ड्रोइड
४.२.२ अपरेटिङ सिस्टमसहितको फोनले हावाको स्पर्श र ईशाराको आधारमा पनि काम
गर्नेछ । मोबाइलको स्क्रिन मा आँखाले नहेर्ने बित्तिकै बन्द हुने हेरे पनि
भिडियो पज र प्ले हुने सुविधा सहित ईशाराको आधारमा नै गित र फोटोहरु
यताउनता सार्न मिल्ने फिचर नयाँ हो । साथै, १३ जीबीको पछिल्लो क्यामेरा र २
मेगा पिक्सेलको फ्रन्ट क्यामेराले पनि ग्राहक आकषिर्त गर्नेछ ।
२ जीवीको र्याम र १.९ को प्रासेसरले पनि यो मोबाइललाई अरुभन्दा भिन्न बनाउँछ । एकसय ३० ग्रामको यो मोबाइलको अघिल्लो प्रायभाग स्त्रिmनले ढोकेको हुनेछ ।
साथै महत्वपूर्ण कुरा यसको अप्टीकल रिडरले कुनै पनि बिजनेस कार्डलाई पढेर त्यसलाई कन्ट्याक कार्डमा रुपान्तरण गरी सेभ गर्दछ ।
सामसुङले यसको मूल्य कति पर्छ भन्ने सार्वजनिक गरिसकेको छैन् । तर, सार्वजनिक कार्यक्रममा दिइएको यी जानकारी अनुसार यो मोबाइल बजारमा हिट हुने अनुमान गरिएको छ । यो मोबाइल सार्वजनिक गरेसँगै सामसुङले आफूलाई मोबाइलको नयाँ अनुसन्धानकर्ताको रुपमा पनि स्थापित गरेको छ भने अन्य स्मार्टफोन उत्पादकलाई नयाँ टेक्नोलोजी विकास गर्न चुनौतीसमेत दिएको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.