पछिल्ला सामग्री :
चुनावमा सेना परिचालन हुन्छ’


मकवानपुर, ७ चैत/ कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी संविधानसभा चुनावमा सेना परिचालन हुने बताएका छन् । हेटौँडामा बुधबार भएको पार्टीको कार्यकर्ता प्रशिक्षणमा उपसभापति पौडेलले भयरहित वातावरणमा चुनाव गराउन सेना परिचालन गरिने बताए । ‘अबको चुनावमा सेना ब्यारेकभित्र बस्दैन,’ पौडेलले भने, ‘एमाओवादीले गत संविधानसभाको निर्वाचनमा जस्तो धाक, धम्कि र त्रास देखाएर चुनाव जित्न सक्दैन ।’

उनले कार्यकर्तालाई निर्धक्क भएर चुनावी अभियानमा जुट्न निर्देशन दिए । कांग्रेस अब रक्षात्मक ढंगले नभई आक्रामक ढंगले चुनावी मैदानमा उत्रने उनको दाबी छ । प्रधानन्यायाधीश नेतृत्वमा सरकार बनाउन माओवादीले पासो फालेको टिप्पणी गर्दै पौडेलले माओवादीकै घाँटीमा पासो फाल्न आफूहरू सफल भएको बताए ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.