तनहुँ सेवा समाज दोहा कतारको वनभोज तथा परिचयात्मक कार्यक्रम भव्यताका साथ सम्पन (फोटो फिचर सहति)
भोला थापा क्षेत्री
नेपाली दर्पण (कतार ब्युरो)-दोहा -कतारको राष्ट्रिय खाना खबुस मैले खान्छु
चारै बजे उठ्छु आमा ड्युटी तिर जान्छु
रस्लाफानमा ड्युटी मेरो गर्छु म काम
बालुवामा अन्डा पाक्ने लाग्छ चर्को घाम… रोल्पा–८ घर भएका लोक दोहोरी गायक दिलकुमार विकले तनहुँ सेवा समाजको वनभोज कार्यक्रममा यो गीत गाउँदा उपस्थित प्रवासीले आफ्नी आमालाई सम्झिए । सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सदभाव सबैमा तनहुँ सेवा समाजको अभियान भन्ने नाराका साथ स्थापना भएको समाजले दोस्रो वनभोज तथा परिचयात्मक कार्यक्रम गत १५ मार्चमा दोहाको रमणीयस्थल समाल गार्डेनमा सम्पन गर्यो ।
सस्थाका महासचिव मुनाफ मियाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष मनिराज थापाको सभापतित्वमा रहेको थियो भने नेपाली नियोग कतारकी राजदूत डा. मायाकुमारी शर्मा प्रमुख अतिथि थिईन । प्रमुख अतिथीबाट कार्यक्रमको उदघाटन गर्नुअघि सबैले नेपाली राष्ट्रिय गान गाएका थिए भने सस्थाका द्धतिया उपाध्यक्ष ज्ञान राज शाहीले स्वागत मन्तव्य राखेका थिए ।
यसरी भयो मनोरञ्जन
मितेरी फिल्मस् सांस्कृतिक समूहका कलाकारहरू तनहुँ सेवा समाजको वनभोज कार्यक्रममा संस्थाका सल्लाहकार श्रीराम पौडेको सहकार्यमा दोहामा छरिएर रहेका विभिन्न विधाका नेपाली कलाकारहरूले भरपुर मनोञ्जन दिए । जसमा दीपक लामाको नृत्य (कालो टोपी भात गाउँले )े,बाबुराम परियार, विजय राणाको गाएन (यो मन त नेपाली हो ), सुमन मासी (आज मन उडेर) विना लिम्बू (फूल मन्जरी), विनोद चौधरी र मुना लामाले (यो मौसमा )नृत्य गरे भने विनोद चौधरीले भोजपुरी गीत ( खै के पान बनारस ) एकल नृत्य, राज देवकोटाले हिन्दी गीत (मुज्जसे साधी करुगीँ) नृत्यको साथै कमेडीह प्रस्तुत गरिएका थिए ।
घैँटो पनि फुटाइयो
संस्थाका सल्लाहाकार दीपक खड्काको सहकार्यमा संस्थाले घैँटो फुटाई खेल पनि राखेको थियो । उक्त खेलमा लगभग २५ जनाको सहभागी रहेको थियो । भने घैँटो राम नेपालीले फुटाउन सफल भए ।
नेपाली दर्पण (कतार ब्युरो)-दोहा -कतारको राष्ट्रिय खाना खबुस मैले खान्छु
चारै बजे उठ्छु आमा ड्युटी तिर जान्छु
रस्लाफानमा ड्युटी मेरो गर्छु म काम
बालुवामा अन्डा पाक्ने लाग्छ चर्को घाम… रोल्पा–८ घर भएका लोक दोहोरी गायक दिलकुमार विकले तनहुँ सेवा समाजको वनभोज कार्यक्रममा यो गीत गाउँदा उपस्थित प्रवासीले आफ्नी आमालाई सम्झिए । सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सदभाव सबैमा तनहुँ सेवा समाजको अभियान भन्ने नाराका साथ स्थापना भएको समाजले दोस्रो वनभोज तथा परिचयात्मक कार्यक्रम गत १५ मार्चमा दोहाको रमणीयस्थल समाल गार्डेनमा सम्पन गर्यो ।
सस्थाका महासचिव मुनाफ मियाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष मनिराज थापाको सभापतित्वमा रहेको थियो भने नेपाली नियोग कतारकी राजदूत डा. मायाकुमारी शर्मा प्रमुख अतिथि थिईन । प्रमुख अतिथीबाट कार्यक्रमको उदघाटन गर्नुअघि सबैले नेपाली राष्ट्रिय गान गाएका थिए भने सस्थाका द्धतिया उपाध्यक्ष ज्ञान राज शाहीले स्वागत मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्य दिँदै राजदूत शर्माले नेपाली भाषाको उद्गमस्थल तनहुँ भएको बताउँदै कार्यक्रममा बोलाएकोमा आयोजकलाई धन्यवाद दिईन । प्रवासमा पनि तनहुँका बासिन्दा एकै ठाउँमा भेला भई सुखदु:ख बाँडेकोमा खुसी व्यक्त गरिन । समाजमा आपसी सहयोग र समाझदारीसाथ अघि बढ्नुपर्ने बताउँदै राजदूत शर्माले सुख:दुखका वेला एकजुट भएर बाँच्नु नै चेतनशील मानवको कर्तव्य भएको बताएकी थिईन ।
यसैगरी विशेष अतिथि प्रोफेसर देवीभक्त ढकालले कतारमा रहेका प्रवासीबाट आफूले धेरै कुरा सिक्न पर्ने भएको जनाउदै उहाँले आफूले कमाएको रकम सदुपयोग गर्न आग्रहसमेत गरे । यस्तै ढकालले एक रियाल बराबर आफ्नो देशमा धेरै हुने भएकाले आफ्नो परिस्थितलाई हेरी खर्च गर्न आग्रह गर्दै‘आमनेपालीले माछा लिएर जाने तर बल्छी छाड्ने गरेका छन्, तसर्थ हामीले कमाएको पैसा (बल्छी)लाई जोगाउन जान्नुपर्छ,उनले भने ।
यसैगरी नेपाल लोकतान्त्रिक मन्चका पूर्व अध्यक्ष रामहरी गैरेले समाज विभिन्न दु:खका साथ यहाँसम्म पुगेको र आफू अहिले चितवनको बासिन्दा भए पनि तनहुँ जन्मे हुर्केको ठाउँ भन्दै स्मरण गरेका थिए । यस्तै संस्थापक सचिव करिम बक्स मियाँले सन २००३ देखी २०१३ सम्म पुग्दा गुटबन्दी अन्त्यको आग्रह गर्दै संस्थामा राजनीतिक दुर्गन्ध नफैलियोस् भन्ने कामना गरेका थिए ।
यसैगरी जन सम्पर्क समतिका साकिर अलीले संस्थाले गरेको प्रगतिप्रति प्रशंसा गरेका थिए । । यस्तै नेपाली कतार महिला समाज कतारकी प्रथम उपाध्यक्ष रोजिना बास्तोलाले गत ८ मार्चमा भएको महिला समाजको कार्यक्रममा निमन्त्रणा पाएर पनि उपस्थित नभईदिएकोमा सम्पुर्ण समाज सेवी दाजु भाई तथा दिदी वैनीहरु प्रति दु:ख व्यक्त गरेकी थिईन । कार्यक्रममा नेपाली जनसम्पर्क समितिका सभापति विमल सुवेदी, एनआरएन गल्फ सयोजक नरेन्द्र भाट, सस्थाका वरिष्ठ सल्लाहकार,गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भट्टराइ, नेपाल लोकत्रान्त्रिक मन्चका सचिव हरि वस्नेत, अजिज्यु रहमान लगायतले शुभकामन मन्तव्य राखेका थिए । सस्थाका विधान समति संयोजक नबराज विकले सस्थाको वारेमा केही जानकारी गराएका थिए ।भने कार्यक्रममा मायाँ तमुस्यो, विना लिम्बु, उमा रानामगर ले अतिथि हरु लाई ब्याजलगाइ दिएका थिए ।
कार्यक्रममा प्रोफेसर देवीभक्त ढकाल, एनआरएन गल्फ संयोज नरेन्द्र भाट, मक्सुद आलम, विमल सुवेदी, दावा लामा, रामहरि गैरे, सन्तोष थापा क्षेत्री, शाकिर अली, राजेश पन्त, धनराज परियार, रोजीना वास्तोला, दीपक खड्का, करिम बक्स मियाँ, आशबहादुर गुरुङलगायतको सहभागिता थियो । यस्तै नवोदित साहित्यक वाचनालय दोहाका अध्यक्ष युगयोगी राई, निमलाल कुमाल, शक्ति क्षेत्री, तोयानाथ दाहाल, श्रीकृष्ण भट्टराई, अजिज अलि, मक्सुद आलम, हरि वस्नेत,अमृत बराईली आदिको उपस्थिति थियो ।
यसरी भयो मनोरञ्जनमितेरी फिल्मस् सांस्कृतिक समूहका कलाकारहरू तनहुँ सेवा समाजको वनभोज कार्यक्रममा संस्थाका सल्लाहकार श्रीराम पौडेको सहकार्यमा दोहामा छरिएर रहेका विभिन्न विधाका नेपाली कलाकारहरूले भरपुर मनोञ्जन दिए । जसमा दीपक लामाको नृत्य (कालो टोपी भात गाउँले )े,बाबुराम परियार, विजय राणाको गाएन (यो मन त नेपाली हो ), सुमन मासी (आज मन उडेर) विना लिम्बू (फूल मन्जरी), विनोद चौधरी र मुना लामाले (यो मौसमा )नृत्य गरे भने विनोद चौधरीले भोजपुरी गीत ( खै के पान बनारस ) एकल नृत्य, राज देवकोटाले हिन्दी गीत (मुज्जसे साधी करुगीँ) नृत्यको साथै कमेडीह प्रस्तुत गरिएका थिए ।
घैँटो पनि फुटाइयोसंस्थाका सल्लाहाकार दीपक खड्काको सहकार्यमा संस्थाले घैँटो फुटाई खेल पनि राखेको थियो । उक्त खेलमा लगभग २५ जनाको सहभागी रहेको थियो । भने घैँटो राम नेपालीले फुटाउन सफल भए ।
बेलुन पनि बाँकी रहेन :
वनभोज कार्यक्रममा उपस्थित सम्पूर्ण महिलालाई बेलुन फुटाउने खेलको आयोजना गरिएको थियो । खेलमा लगभग दश महिलाको सहभागिता थियो । जसमा रिना शेर्पा प्रथम भइन् ।
वनभोज कार्यक्रममा उपस्थित सम्पूर्ण महिलालाई बेलुन फुटाउने खेलको आयोजना गरिएको थियो । खेलमा लगभग दश महिलाको सहभागिता थियो । जसमा रिना शेर्पा प्रथम भइन् ।

१५ मिनेटको फुटबल मस्ती ::
संस्थापक सचिव करिम बक्स मियाँ तथा दिपक खड्काको सहकार्यमा फुटबलको पनि आयोजना गरिएको थियो । समय अभावका कारण फुटबल भने १५ मिनेटमात्रै खेलाइएको थियो ।
संस्थापक सचिव करिम बक्स मियाँ तथा दिपक खड्काको सहकार्यमा फुटबलको पनि आयोजना गरिएको थियो । समय अभावका कारण फुटबल भने १५ मिनेटमात्रै खेलाइएको थियो ।
सदस्यता वितरण
संस्थाले उक्त दिन सदस्यता फारम खुला गरेको थियो । विभिन्न व्यक्तिले तनहुँ सेवा समाजको आजीवन सदस्यता लिएका थिए । जसमा भीमलाल बिक, मिन विक श्रीराम मल्ल, गुनबहादुर राना, हीरालाल विक, धुव अधिकारी, वसन्तकुमार श्रेष्ठ, सूर्यप्रसाद भट्टराई, दिलबहादुर थापा, दीपक खड्कालगायतले आजीवन सदस्यता लिए ।

राजदूतलाई सम्मान र बधाई
संस्थाले नेपाली नियोग कतारकी राजदूत डा. मायाकुमारी शर्मालाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष मनिराज थापाले खादा ओडाएर सम्मान गरे । यस्तै संस्थापक सदस्य भीमबहादुर थापा, प्रथम उपाध्यक्षले खादा तथा
मायाको चिनो दिएर सम्मान गरेका थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष तथा कार्यक्रमका सभापति मनिराज थापाले संस्थालाई आफू जतिसक्दो लागिपर्ने तथा आफू भोलि दिनको अवस्थामा रहे/नरहे पनि तनहुँ सेवा समाज अगाडि लैजाने सोच रहिरहने तथा सम्पूर्ण तनहुँवासीप्रति आभार व्यक्त गरे । कार्यक्रममा करिब ३ सय ५० को हाराहारीमा तनहुँवासी तथा गैह्र तनहुँवासी प्रवासीको सहभागिता थियो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.