पछिल्ला सामग्री :
असारमा चुनाव सम्भव : प्रचण्ड

काठमाडौं, ५ चैत/ एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असारमा चुनाव सम्भव रहेको बताएका छन् ।

प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा उनले यसपालि पानी ढिलो पर्ने भएकाले असारमै चुनाव गर्न सकिने बताएका हुन् ।

वातावरणविद्सँग मनसुनबारे आफूहरूले छलफल गरेको प्रचण्डको भनाइ छ । मनसुन ढिलो सुरु हुने भएपछि ४ असारमै चुनाव गर्नुपर्नेमा उनले जोड दिए । चुनावमा केन्द्रित हुन उनले पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिए ।

प्रचण्डले प्रधानन्यायाधीशको नेतृत्वमा गठित गैरदलीय सरकार जोखिमपूर्ण भएको बताए । ‘प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार जोखिपूर्ण कदम हो, तर हामीले तोकिएको समयमा निर्वाचन गरेर हाम्रो कदमलाई ठीक साबित गर्छौं,’ उनले भने ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.