८० प्रतिशत एकल महिलामा असुरक्षित सेक्स
एक अध्ययनले हरेक १० जनामा ७ जना एकल तथा अविवाहित महिलाले असुरक्षित यौनसम्पर्क राख्ने गरेको देखाएको छ । १८ देखि ४० वर्ष उमेर समूहका अविवाहित तथा एकल महिलामा गरिएको अध्ययनले असुरक्षित सम्भोगका कारण त्यस्ता महिला यौन रोगको उच्च जोखिममा रहेको समेत निष्कर्ष निकालेको छ ।
अध्ययनको नतिजा अनुसार एक जना एकल वा अविवाहित महिलाले औषतमा ४ जना पुरषसँग ११ पटक असुरक्षित यौनसम्पर्क गरेका हुन्छन् ।
एकल तथा अविवाहित महिलाहरुमा यौनप्रतिको इच्छा तिब्र हुने र एक तिहाइ त्यस्ता महिला सम्पर्कका बेला निकै उत्तेजित भएर कण्डम लगायतका सुरक्षित उपायको बारेमा सोँच्न समेत नभ्याउने अध्ययनकर्ताको भनाइ छ । त्यस्तै हरेक ५ जनामा एक जना महिलाले आफ्नो पार्टनरको विश्वासका कारण आफुहरुले कण्डम नलगाइकनै सम्पर्कका लागि तयार हुने गरेको बताएका छन् ।
अध्ययन अनुसार १८ प्रतिशत अविवाहित युवतीहरु यौन सम्पर्कका बेला रक्सीले मात्तिएकै कारण असुरक्षित रुपमा सेक्स गर्ने गरेका छन् भने ८ प्रतिशत युवतीहरुले कण्डमको प्रयोग गर्दा मज्जा नआउने भएकाले कण्डम विनै यौन सम्पर्कका लागि तयार हुने गरेको बताएका छन् ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.