पुल नभएपछि......
इलाम, १० चैत/ पूर्वी व्यापारिक केन्द्र नयाँबजार जोड्ने सडकमा पुल नहुँदा पुलपारिको सडक निर्माणको काम रोकिएको छ ।
माइखोलामा पक्की पुल नभएकाले सात किलोमिटर मात्र सडक निर्माण भएको छ । नयाँबजारसम्म पुग्न करिब २१ किलोमिटर सडकखण्ड निर्माणका लागि खोलामा पुल नभएसम्म थप काम नहुने भएको हो ।
ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजनाअन्तर्गत माइखोलासम्मको काम भने सम्पन्न भइसकेको छ । भारतसँग सिमाना जोडिएको मानेभन्ज्याङ बजारसम्म सीधा सम्पर्क स्थापित गर्ने उद्देश्यले तीनवटा दातृ निकाय र नेपाल सरकारको संयुक्त लगानीमा सडक निर्माणको काम चार वर्षअघि सुरु भएको थियो ।
सदरमुकामको सिङफ्रिरिङबाट निर्माण सुरु भएको सडकको चौडा पाँच मिटर रहेको छ । सडकमा ग्राभेलिङ, माटो काट्ने, बाँध बाँध्ने, कज्वे निर्माण गर्ने, मेसिनरीवाल, होमपाइप निर्माण र नाली काटिएको छ ।
सडक निर्माण भएपछि ग्रामीण क्षेत्रमा रहेको कच्चा सामग्री सदरमुकाम पुर्याउन सजिलो हुनुका साथै ग्रामीण क्षेत्रमा उत्पादन हुने सामग्रीको मूल्यवृद्धि भएको स्थानीय बताउँछन् ।
![]() |



0 comments
Write Down Your Responses
Thanks for Your comment.