पछिल्ला सामग्री :
सरकारको ध्यान निर्वाचनमा’

काठमाडौं, १० चैत/ सरकारका प्रवक्ता माधव पौडेलले आगामी असारमा संविधानसभाको दोस्रो निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा प्रवक्ता पौडेलले सरकार चुनावी गतिविधिमा केन्द्रित भएको बताए । मन्त्री बन्नु अपेक्षाभन्दा बाहिरको कुरा भएको भन्दै उनले सहयोग गर्न सबैमा आग्रहसमेत गरे । 

 ‘मन्त्री हुने इच्छा प्रकट गरेको थिइनँ र हुन्छु भन्ने कल्पना पनि गरेको थिइनँ,’ उनले भने, ‘संवेदनशील अवस्थामा राज्यले जिम्मेवारी दिएको छ, त्यो पूरा गर्न सबै ध्यान केन्द्रित गर्नुपर्छ, त्यस्तो अवस्थामा जिल्लामा पर्याप्त ध्यान नपुग्न पनि सक्छ ।’ यद्यपि जिल्लाका लागि आफूले सक्दो काम गर्ने पनि उनले बताए ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.