सेक्स गर्नुस्, पाउनुहोस् शान्ति र आनन्द (तस्वीरसहित)
यौन सम्बन्ध दाम्पत्य जीवनको सफल आधार हो । यसै तथ्यलाई स्वीकार गरिएपछि सेक्सबारे चर्चा गर्न सरल भएको छ । गृहस्थ जीवनमा यसको महत्त्व झनै बढ्दै जान्छ । सेक्सको महत्त्वपूर्ण सन्तुष्टिको अभावमा दाम्पत्य जीवनमा तनाव र विभिन्न समस्याहरू उत्पन्न भइदिन्छ ।
पतिपत्नीलाई बाँचुन्जेल एक सूत्रमा बाँध्ने काम मायाल नै गर्छ । तन–मनको मिलनपश्चात् सेक्स भावना बढी जागृत हुन्छ । सेक्स खेलको आनन्द मनको भित्रै पुगेर पतिपत्नीलाई एक–अर्काप्रति सहनशील, धैर्यवान, संवेदनशील र उदार बनाएर एक–अर्कालाई समग्रताबाट स्वीकार गर्दछ । सेक्स सहभागिताको खेल हो ।
यसको आनन्द त्यतिवेला लिने सकिन्छ, जुनबखत दुवै पक्ष तनमनबाट स्वीकृति प्रदान गरी यसप्रति समाहित हुन्छ । सेक्स यति नाजुक मसाला हो कि सानो कुरा वा व्यवधानले गर्दा यो खेल बिग्रन सक्छ । सेक्स जीवनको नितान्त व्यक्तिगत कुरासँग सम्बन्धित विषय हो । यसमा पतिपत्नीको एक–अर्काको इच्छालाई पहिचान गरेर सन्तुष्टि लिने प्रयास गर्नुपर्छ ।
सेक्समा हतार गर्नु हुँदैन । शान्तिपूर्ण, एकान्त वातावरणमा सम्भोगको पूर्वतयारी गरी जुट्नुपर्छ । सम्भोगले शान्ति र सन्तुष्टि दुवै प्रदान गर्दछ । हालै बेलायतमा गरिएको एक अध्ययनले के देखाउँछ भने सम्भोग दिनभरिको थकाई मेटाउने सफल क्रिया हो । दम्पती आफ्नो सन्तुष्ट पार्न मात्र होइन, दिनभरि घर–व्यवहारको काम गरेर थाकिसक्दा पनि राति सबै थकाईलाई मेटाउन रतिक्रिया गरेर आराम महसुस गर्छन् ।
– एजेन्सी
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.