कर्णेल लामा रिहा, मुद्दाको टुंगो नलागेसम्म बेलायत छाड्न प्रतिबन्ध
काठमाडौं, ३ चैत/ युद्ध अपराध अभियोगमा करिब साढे दुई महिनादेखि लन्डनस्थित बेलमार्स कारागारमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामा रिहा हुनुभएको छ ।
लन्डनस्थित चेल्म्सफोर्ड क्राउन कोर्ट इसेक्सले थुनामुक्त गर्ने आदेश दिएको दुई सातापछि हिजो साँझ मात्र आवश्यक कागजपत्र र नगद धरौटी बुझाएर कर्णेल लामा थुनामुक्त हुनुभएको हो । लन्डनस्थित नेपाली दूतावासले प्रशासनिक कामले प्रक्रिया केही लम्बिएको भन्दै लामा रिहाइको पुष्टि गरेको हो ।
अदालतको आदेशबमोजिम लन्डनस्थित नेपाली दूतावासबाट लामालाई कुनै किसिमको अनुमतिपत्र वा राहदानी जारी गरिने छैन भन्ने व्यहोराका एसुरेन्स लेटर, आफन्तहरूबाट संकलित २६ हजार पाँच सय पाउन्ड स्युरिटी बन्डसहित कुल ३६ हजार पाँच सय पाउन्ड बुझाएर लामा रिहा भएको दूतावासले जनाएको छ ।
धरौटीमा रिहा भए पनि मुद्दाको टुंगो नलागेसम्म लामालाई बेलायत छाड्न प्रतिबन्ध रहेको दूतावासले जनाएको छ । साथै अदालतले बोलाएको खण्डमा हाजिर हुनुपर्ने, कसैसँग सीधा सम्पर्क गर्न नपाइने र घरमै नजरबन्द जसरी रहनुपर्ने बताइएको छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.