आर्थिक सहयोग
जीवन डोटेल, दोहा/ समस्यामा परेका कतारवासी नेपालीलाई विभिन्न सहयोग गर्दै आइरहेको स्याङ्जा सहयोग समाज दोहाले रोजगारीका सिलसिलामा ज्यान गुमाएका दरौँ–५ स्याङ्जाका विष्णुबहादुर सार्कीको परिवारलाई दुई लाख १० हजार एक सय १० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
तीन वर्षअघि कतारको एक अरब आर्ट डेकोरेसन कम्पनीमा कार्यरत विष्णुबहादुरको मृत्यु भएको थियो । स्याङ्जा सहयोग समाज दोहाका सह–कोषाध्यक्ष खड्गबहादुर नेपालीको संयोजकत्वमा दोहामा कार्यरत विभिन्न सहयोगी व्यक्ति तथा संघ–संस्थाबाट सहयोग संकलन कार्यक्रम तथा कम्पनीबाट पाउनुपर्ने रकम दूतावासको सहयोगमा संकलन गरिएको थियो ।
जसमा एक लाख १५ हजार रुपैयाँ कम्पनीबाट तथा बाँकी रकम सहयोग संकलन कार्यक्रमबाट संकलन भएको समाजका अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयो ।
संकलित रकम समाजले मृतकका छोरा जितबहादुर सार्कीका नाममा खाता सञ्चालन गरि श्रीमती देवा सार्कीलाई चेक हस्तान्तरण गरिएको हो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.