भोजपुरका ३१ गाविसलाई निरक्षरमुक्त बन्दै
सरस्वती तामाङ
भोजपुर, २९ फागुन/ यस वर्ष भोजपुरका ३१ गाविसलाई निरक्षरमुक्त गाविस घोषणा गरिने भएको छ ।
जिल्ला शिक्षा कार्यालयले साक्षर गाविस घो्षणाका लागि ३१ गाविसका १८ हजार दुई सय २९ जना निरक्षरलाई साक्षर बनाउने अभियान सुरु गर्ने भएको छ । जिल्ला शिक्षा कार्यालयले साक्षरता अभियान कार्यक्रममार्फत ३१ गाविसका निरक्षरलाई लक्षित गर्दै १ चैतबाट अभियान सुरु गर्न लागेको हो ।
भोजपुरका दोभाने, खाटम्मा, कुदाककाउले, मुलपानी, बोया, रानीवासलगायतका गाविसलाई निरक्षरतमुक्त गाविस घोषणा गर्ने गरी अभियान थालिएको हो । भोजपुरमा अभियान सञ्चालन हुन लागेको गाविसमध्ये सबैभन्दा बढी रानीवास गाविसका एक हजार एक सय ७३ जना निरक्षर छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.