पछिल्ला सामग्री :
गुरुङको उपचारमा सहयोग

दोहा/ कास्की सार्दिखोला युवा परिवार कतारले मिर्गौलापीडित सिरशोभा गुरुङको उपचारका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सार्दिखोला—३ खादर्जुङकी सिरशोभाको दुवै मिर्गौलाले काम नगरेको र उपचारका लागि ठूलो रकमको आवश्यकता परेपछि सहयोगका लागि पहल गरिएको थियो । आर्थिक सहयोग संकलनमा संस्थाका पदाधिकारी तथा सदस्यहरू र कतारमा कार्यरत विभिन्न संघ–संस्था र नेपालीको सहयोग थियो ।

कास्की सार्दिखोला युवा परिवार कतारका अध्यक्ष सिर्जनमोहन तामाङका अनुसार कतारी रियल आठ हजार ६ सय ५२ संकलन भएको र नेपाली रुपैयाँ दुई लाख ६ हजार पाँच सय २५ नेपाल पठाइसकिएको छ ।

IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.