पछिल्ला सामग्री :
प्युठानमा १८६ परीक्षार्थीले परीक्षा दिन नपाउने

सिटी पोख्रेल
प्युठान, २९ फागुन/
आगामी बिहीबारदेखि सुरु हुने एसएलसी अर्थात् प्रवेशिका परीक्षामा जिल्ला का १८६ विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् ।

परीक्षा दिन कम्तीमा पनि ७५ प्रतिशत हाजिर हुनुपर्नेमा हाजिरी प्रतिशत नपुगेपछि उनीहरू परीक्षाबाट बञ्चित हुन लागेको जिल्ला शिक्षा कार्यालय प्युठानले जनाएको छ । प्युठान जिल्लामा विभिन्न १६ वटा परीक्षा केन्द्रबाट परीक्षर्थीहरूले परीक्षा दिँदै छन् ।

यस वर्षको एसएलसी परीक्षामा प्युठानबाट चार हजार चार सय ६३ जना विद्यार्थीले परीक्षा दिने जिल्ला शिक्षा कार्यालय प्युठानका उपसचिव ऋषिराम रिजालले जानकारी दिनुभएको छ । जसअन्तर्गत दुई हजार पाँच सय १८ परीक्षार्थी नियमित र एक हजार नौ सय ४२ परीक्षार्थी आंशिकतर्फ छन् ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.