पछिल्ला सामग्री :
साक्षर नेपाल अभियानमा दलहरूको प्रतिबद्धता

काठमाडौं, २९ फागुन/ अनौपचारिक शिक्षा केन्द्रले सञ्चालन गरिरहेको साक्षर नेपाल अभियानका कार्यान्वयनका लागि विभिन्न दलले प्रतिबद्धता जनाएका छन् ।

अनौपचारीक शिक्षा केन्द्रले सरोकारवालाहरूसँग राजधानीमा गरेको छलफलमा सहभागी दलहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा शिक्षामन्त्री दिनानाथ शर्माले साक्षर नेपाल अभियानका लागि विभिन्न कार्यक्रम तय गरेकाले अभियान सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

साक्षरता शिक्षा केवल शिक्षा मन्त्रालयको मात्र नभई सबै नागरीकको सरोकारको विषय भएकाले प्रतिबद्ध भएर सघाउन उहाँले आग्रह गर्नुभयो । सन् २०१५ भित्र सबै नेपालीलाई साक्षर बनाउने लक्ष्यसहित अनौपचारीक शिक्षा केन्द्रले योजना तय गरेको छ ।

नेपालमा हाल साढे ४० लाखभन्दा बढी नागरिक निरक्षर छन् । निरक्षरलाई साक्षर बनाउन सरकारले आर्थिक वर्ष ०६९/७० को बजेटमार्फत साक्षर नेपाल अभियान कार्यक्रम अगाडि ल्याएको हो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.