पछिल्ला सामग्री :
यी हुन् खिलराज !

हेरौँ प्रधानमन्त्री खिलराज रेग्मीको जीवनी । को हुन् खिलराज शब्दचित्रमा खिलराज ।

शब्दमा खिलराज ::
प्रधानमन्त्री खिलराज रेग्मी २००६ साल जेठ १८ गते मंगलबार पाल्पाको पोखराथोकमा जन्मनुभएको हो । ०२८ सालमा मानविकी संकायबाट स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका रेग्मीले कानुन संकायबाट भने स्नातक तह मात्रै उत्तीर्ण गर्नुभयो । आइएसम्मको अध्ययन भारतमा गर्नुभएका रेग्मीले स्नातक र स्नाकोत्तर तहको पढाइ भने त्रिभुवन विश्वविद्यालयबाटै पूरा गर्नुभएको हो ।

०२८ सालमा सर्वोच्च अदालतमा शाखा अधिकृतको रुपमा सेवा सुरु गर्नुभएका रेग्मीले जिल्ला न्यायाधीशका रूपमा २०३० सालदेखि २०४१ सालसम्म थुप्रै जिल्ला अदालतको नेतृत्व सम्हाल्नुभएको थियो । ११ वर्षसम्म जिल्ला अदालतहरूको नेतृत्व गर्नुभएका रेग्मी त्यसपछि सर्वोच्च अदालतमा उपरजिष्ट्रारका रुपमा जिम्मेवारी सम्हाल्न पुग्नुभयो ।


त्यसपछि विभिन्न पुनरावेदन अदालतमा न्यायाधीश हुँदै पुनरावेदन अदालतमै उहाँले मुख्य न्यायाधीशसको जिम्मेवारी सम्हाल्नुभयो । सर्वोच्च अदालतमा २०५९ सालमा न्यायाधीशका रूपमा आउनु भएका उहाँले ०६७ सालसम्म न्यायाधीशको जिम्मेवारी निर्वाह गर्नुभयो । ०६८ साल बैसाख २३ गतेदेखि भने यहाँ समग्र न्यायपालीका प्रमुख अर्थात सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुनुहुन्छ ।

उहाँले अहिलेसम्म सरकारले दिने गोरखा दक्षिण बाहु तेस्रो र चौथौ, त्रिशक्ति पट्ट तेस्रो र इन्टरनेसनल जुरिस्टिक अवार्डसमेत पाउनुभएको छ । विभिन्न कानुन निर्माणका साथै उच्चस्तरीय अध्ययन अनुसन्धानको पनि नेतृत्व गरिसक्नुभएका उहाँले नेपालका तर्फबाट अन्तर्राष्ट्रिय सेमिनारहरूमा थुप्रै कार्यपत्र पनि पेस गर्नुभएको छ ।

२० भन्दा बढी देशको भ्रमण गर्नुभएका रेग्मी कम बोल्ने व्यक्तिका रूपमा परिचित हुनुहुन्छ । प्रधानन्याधीश रेग्मीकै इजलाशले संविधानसभाको म्याद मनपरी थप्न पाइँदैन भनेर फैसला गरेको थियो । सर्वोच्चले गरेको उक्त फैसलाकै कारण संविधानसभा जेठ १४ गतेपछि स्वत: अवशान भयो ।

संयोग चाहिँ कस्तो परेको छ भने प्रधानन्यायाधीशलाई सबैभन्दा बढी आलोचना गर्ने एकीकृत माओवादीको प्रस्तावमै अहिले रेग्मी यो देशको प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।
www.nepalbani.com
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.