पछिल्ला सामग्री :
अदालतद्वारा रेग्मीको मुद्दा स्थगित

काठमाडौं, १ चैत/ प्रधानन्यायाधीश खिलराज रेग्मीविरुद्ध सर्वोच्च अदालतमा परेको दुईवटा रिटमाथिको सुनुवाइ स्थगित भएको छ । अधिवक्ता भरतमणि जंगम र ओमप्रकाश अर्यालले दायर गर्नुभएको छुट्टाछुट्टै रिटमाथि आज तोकेको सुनुवाइ स्थगित भएको हो ।

रेग्मीलाई सरकार प्रमुख बन्नबाट रोक्ने उद्देश्यले अधिवक्ता भरतमणि जंगम र ओमप्रकाश अर्यालले दायर गरेका दुवै मुद्दा एकै ठाउँमा राखेर आज सुनुवाइ तोकिएको थियो । मुद्दामा रेग्मीविरुद्ध बहसका लागि २५ भन्दा बढी कानुन व्यवसायी तयार थिए । रेग्मीविरुद्धको मुद्दा न्यायाधीशत्रय रामकुमारप्रसाद साह, गिरीशचन्द्र लाल र सुशीला कार्कीको विशेष इजलासमा सुनुवाइ तय गरिएको थियो ।

रेग्मी सरकार प्रमुख बनेपछि बाधा अड्काउ फुकाउने आदेशअनुसार न्यायाधीश रामकुमारप्रसाद साह स्वत: न्यायपरिषद् सदस्य बन्नुभएकाले मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित गरिएको अदालतले जनाएको छ ।

न्यायपरिषद्मा हाल सदस्य रहनुभएका वरिष्ठ न्यायधीश दामोदरप्रसाद शर्मा परिषद् अध्यक्ष बन्नुहुने भएपछि साह परिषद् सदस्य हुनुभएको हो ।

सर्वोच्चको कामुप्रधानन्यायाधीशमा शर्मा
यसैबीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको प्रधानमन्त्री बन्नुभएपछि वरिष्ठ न्यायाधीश दामोदरप्रसाद शर्माले सर्वोच्च अदालतको कार्यबाहक प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएको छ ।

खिलराज रेग्मीले आज राष्ट्रपति डा. रामवरण यादवसमक्ष चुनावी सरकारको प्रधानमन्त्रीको शपथग्रहण गरेपछि वरिष्ठ न्यायाधीश शर्माले कामुप्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएको सहरजिस्ट्रार हेमन्त रावलले जानकारी दिनुभयो ।
- नेपालवाणी
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.