पछिल्ला सामग्री :
म्यान्मारमा पहिलोपटक निजी लगानीमा पत्रिका

एजेन्सी, १९ चैत/ ५० वर्षयता म्यान्मारमा पहिलोपटक निजी लगानीमा पत्रपत्रिकाहरू प्रकाशित भएका छन् ।

पत्रिका प्रकाशनमा सरकारको एकाधिपत्य अन्त्य गर्दे अंग्रेजी, हिन्दी, चाइनिस र स्थानीय भाषामा पत्रपत्रिका प्रकाशित भएका हुन् । गएको डिसेम्बरमा सरकारले अप्रिल १ देखि पत्रपत्रिका प्रशासनमा पूर्वप्रतिबन्ध नलगाउने घोषणा गरेको थियो ।

आज प्रकाशित हुने पत्रपत्रिका अधिकांश ५० वर्ष पहिलै प्रकाशित भएका पत्रपत्रिकाहरू रहेका छन् । यस्तै अझै थुप्रै पत्रिका प्रकाशनको तयारीमा रहेको एसोसिएटेड प्रेसले जनाएको छ । प्रकाशनका लागि १६ पत्रपत्रिकाले लाइसेन्ससमेत पाइसकेका छन् ।

सरकारले पत्रपत्रिकामाथि लगाएको सेन्सरसिप हटाए पनि कानुनी त्रुटि भने अझै धेरै रहेको बताइएको छ । गोल्डन फ्रेस ल्यान्ड पत्रिकाका ८१ वर्षीय सम्पादक खिम मउङ लेले म्यान्मारमा पुन: पत्रिका प्रकाशन गर्न पाउनु खुसीको कुरा भएपछि स्वतन्त्र पत्रकारिताको विकासका लागि थुप्रै अवरोध बाँकी रहेको बताएका छन् ।

देशमा राजनीतिक सुधार गर्ने घोषणासहित सन् २०११ देखि थान सेई सरकारले म्यान्मारमा राजनीतिक र अभिव्यक्ति स्वतन्त्रतामा खुला नीति अख्तियार गर्दै आएको छ । सरकारको सुधार नीतिले म्यान्मारलाई सैन्य तानाशाहबाट उदार प्रजातान्त्रिक व्यवस्थातिर उन्मुख गराउँदै लगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.