एसएलसी परीक्षाको नतिजा असार पहिलो साता
भक्तपुर/ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको यस वर्षको प्रवेशिका ( एसएलसी) परीक्षाको नतिजा असार पहिलो साता प्रकाशित गर्ने भएको छ ।
गत चैत १ गतेदेखि सुरु भई ९ गते सम्पन्न भएको ५८ वटा विषयको परीक्षाफल असार पहिलो साता प्रकाशित गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिनुभयो । बीचमा कुनै अवरोध र बाधाव्यवधान नआए असार पहिलो सातामा नतिजा सार्वजनिक गर्न सकिने उहाँले बताउनुभयो ।
यस वर्षको परीक्षामा देशभरबाट पाँच लाख ४७ हजार १६५ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ चार लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ एक लाख १७ हजार ६८ जना परीक्षार्थी रहेका थिए ।
त्यसैगरी, कार्यालयले नतिजा प्रकाशित गर्न रकम अभाव भएपछि कार्यालयले सरकारसँग थप नौ करोड रुपैयाँ माग गरेको अर्यालले जानकारी दिनुभयो । अघिल्लो वर्षको कुल खर्चमा नबढाई प्राप्त भएको रु २८ करोड रकमले परीक्षा सञ्चालनसम्म मात्र धानेकाले बाँकी कार्यका लागि थप रु नौ करोड आवश्यक रकम माग गरेर पत्राचार गरिएको उहाँको भनाइ थियो ।
गत वर्षको भन्दा ५० हजार परीक्षार्थी बढेको र ३२ वटा परीक्षा केन्द्रको सङ्ख्या बढेको, केन्द्राध्यक्षको भत्ता, सुरक्षा प्रबन्ध, उत्तरपुस्तिका छपाइ र ढुवानी गर्दा चालु बजेट सकिएकाले थप रकम माग गरिएको बताइएको छ । रासस

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.