पछिल्ला सामग्री :
नेपालीको शव पहाडमा फेला


निमकान्त पाण्डे,दुबई/ बैदेशिक रोजगारीको सिलसिलामा युएईको रसलखेमा नजिकै ओमन रोडको अलराम्स भन्ने ठाउमा बेस्ट मेकानिकल्स सर्भिसमा कार्यरत लेखनाथ न.पा. ११ बेगनाथ,कास्कीका ३७ बर्षीय सन्तोस रानाभाटको मृतु भएको छ।
ओमन जानेबाटोमा पर्ने उक्त गाडी वर्कसपमा कार्यरत रानाभाट आफु बस्ने केम देखि केहिपर रहेका चट्टानको पहाडबाट तलखसेको
अबस्थामा युएईको पुलिसले फेला परेको कम्पनीको मालिकले मृतकका साथी रुद्र रानाभाट ०५५-९३३४९७९ र बलबहादुर बिक ०५०-८८०१७५ लाई फोन मार्फत जानकारी दिइएको थियो। १५ अप्रिल देखि हराएको भाई ८ दिन पछि मृत अबस्थामा चट्टानको पहाडमा भुडी फुटेको र शरिर नचिनिने अबस्थामा पुलिसले फेला परेछ,दुबईमा कार्यरत नजिकका साथी बलबहादुर बिकले मालिकले फोन गरि आफुलाई जानकारी दिएको बताउनु भयो। बिगत १७ महिना देखि गाडी वर्कसपमा कार्यरत रहदै आएका रानाभाट १५ अप्रिलको नियमित डिउटी गरि बेलुकी ६.३० बजे देखि कम्पनी तथा साथीभाईहरुको सम्पर्क बाहिर रहेका थिए। उहाका अनुसार मृतक सन्तोस केहि समय देखि चिन्तित अबस्थामा देखिन्थे। परिवार सित निरन्तर फोन सम्पर्क गरिरहने दुई छोरा छोरीका बाबु समेत रहेका मृतकको घरको आर्थिक अबस्था निकै कमजोर स्थितिको छ,के कसरि ज्यान गएको हो भन्ने बिषयमा आफुहरुले कुनै जानकारी नपाएको उनीहरुले बताए।
युएईमा रहेका संघ सस्थाहरु सित कसरी सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा खासै जानकारी नरहेको बताउनु हुदै मारेर जाने त गईहाले अब मृतकको शवलाई कसरि नेपाल पठाउन सकिन्छ र त्यो गरिब परिवारलाई हामी युएईमा कार्यरत नेपालीहरुबाट केहि सहयोग गर्न कसिन्छ कि भन्ने आसा उनुहरुले लिएका छन। श्रोतका अनुसार नेपाली दुताबास आबुधाबीमा फोन सम्पर्क मार्फत जानकारी गरिएको छ भने अब अगाडी के कसरि जाने बिषयमा सोध पुछ गरि सल्लाह सुझाब लिदै यस्तो किसिमको केसको बारेमा बुझ्न पुलिसलाई केहि समय लाग्ने हुदा मृतकको शवलाई नेपाल पठाउन केहि समय लाग्न सक्ने दुताबासबाट जानकारी दिनु भएको छ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.