पछिल्ला सामग्री :
कतारमा जनप्रगतिशील मञ्चद्धारा इकाई गठन I


गणेश वानियाँ, दोहा/नेपाली जनप्रगतिशील मञ्च कतारको सनैया रोड नं ४८मा भएको भेलाले कुल बहादुर परियारको अध्यक्षतामा ११ सदस्यीय इकाई कमिटिको गठन गरेको छ । केन्द्रिय सचिवालय सदस्य हरि मगर , केन्द्रिय सदस्यहरु जिवन वस्नेत , सुरेन्द्र बहादुर कार्की, तथा इकाई सदस्य टेकम प्रसाद शर्माको बिशेष उपस्थीतिमा भेला सम्पन्न भएको थियो । 
भेलाले उपाध्यक्षमा दिलिप लिम्वु , सचिवमा जगीलाल अधिकारी, कोषाध्यक्षमा लिला बहादुर परियार तथा सदस्यहरुमा उमेश महतो, राज किशोर दास, सन्तोष भुजुवा, शिवराम चुनी मगर, बुद्धी बहादुर मगर , बैधनाथ यादवलाई चयन गरेको छ । 
केन्द्रिय सचिवालय सदस्य हरि मगरले नेपालको बर्तमान राजनैतिक परिस्थीति र प्रवासी मजदुरहरुको समस्याका सम्वन्धमा मन्तव्य व्यक्त गर्दै बैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी दलालीका बिरुद्ध एकजुट हुन आह्वन गरेका थिए । 

IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.