पछिल्ला सामग्री :
ठूलाले पनि चोर्नै थाले, ‘सेतोपाटी बेरोजगार पत्रकारको झुन्ड’

काठमाडौं/ ठूलै अपेक्षा लिएर नागरिक दैनिकका पूर्वसम्पादक नारायण वाग्लेलगायतका वरिष्ठ पत्रकारहरू संलग्न रहेको सेतोपाटी डटकमले रमाइलैसँग एक विदेशी वेबसाइटकै जस्तो गरी आफ्नो साइट डिजाइन गरेका छन् ।

डिजाइन जस्तो गरे पनि हामीलाई के मतलब । तैपनि फरक शैलीका साथ आएको सेतोपाटीले एक विदेशी साइटको डिजाइन नक्कल गरेका छन् । The Huffington Post नामको विदेशी साइटको हुबहु सेतोपाटी बनेको छ ।

अरूलाई सिकाउनेले आफैँ यस्तो हर्कत गर्न थालेपछि के पो भन्न सकिन्छ र ? चोर्नुको पनि काइदा हुन्छ नि, अक्कलविनाको नक्कल भने जस्तै । नेपालीपनको बनाए पनि के फरक पर्‍यो र ?

लौ हेर्नुहोस् सेतोपाटी यस्तो छ ।




अनि The Huffington Post यस्तो छ ।



जे भए पनि सेतोपाटीले आफ्नै नेपालीपनमा साइटको डिजाइन गरे हुन्थ्यो होला र ?

‘सेतोपाटी बेरोजगार पत्रकारको झुन्ड’

चर्चित पत्रकार तथा साहित्यकार खगेन्द्र संग्रौलाले सेतोपाटी डटकमलाई बेरोजगार ‘युवाको झुन्ड’ भएको प्रतिक्रिया दिएको चर्चा छ । आरआर क्याम्पसमा चियाखाने वेलामा भनेको संग्रौलाले यस्तो प्रतिक्रिया दिएपछि नारायण वाग्लेलगायत सेतोपाटी टिममा सबै बेरोजगारै मात्र होलान् र भन्ने प्रश्न उब्जिएको छ । उसो त नारायण वाग्ले नागरिक दैनिकको सम्पादक छाडेपछि अहिले सेतोपाटीमा मात्रै संलग्न रहेको बताइन्छ ।

युवाका क्षेत्रमा काम गर्ने लोकराज अवस्थीले पनि संग्रौलाले दिएको टिप्पणी यसरी आफ्नो फेसबुकको वालमा पोस्ट गरेका छन् । अवस्थीको स्टाटस यस्तो छ– ‘आफूलाई १ नम्बरको पत्रकार तथा साहित्यकार भन्न रुचाउने खगेन्द्र संग्रौलाले setopati.com लाई बेरोजगार पत्रकारको झुन्ड भनेका छन् । एकजना पत्रकार साथीले सुनाए । गजब लाग्यो संग्रौलाको भनाइ । नारायण वाग्लेजस्ता पेसागत दक्षता भएका पत्रकारले सञ्चालन गरेको अनलाइनलाई अवमूल्यांकन गरेजस्तो छ । हुन त उनले प्रशंसा र सकारात्मक रूपमा सोच्न भने जानेकै छैनन् । जे जान्या त त्यही त भन्ने हो ।’

यो क्लिक गरेर अवस्थीले राखेको स्टाटस हेर्न सक्नुहुन्छ ।

र, अन्त्यमा तपाईंका मनमा लागेका कुराहरू कमेन्टबक्स वा nepalidarpan@gmail.com (इमेल ठेगाना) मा पठाउन सक्नुहुन्छ ।

IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.