पछिल्ला सामग्री :
अब आमाको दूधको पनि बैंक (फोटोसहित)

एजेन्सी/ आमाको कमजोर स्वास्थ्यका कारण बच्चाले पर्याप्त दूध खान नपाउँदा बच्चाको पनि स्वास्थ्य बिग्रन्छ । यो जटिल समस्या हो । यसको समाधान खोज्ने क्रममा भारतको राजस्थान, उदयपुरमा दूध बैंक खोलिएको छ ।

दिव्या मदर मिल्क बैंकका नाममा खुलेको यस अनौठो बैंकले आमाको दूध संकलन थालेको छ । खुलेको केही दिनमै बैंकमा केही लिटर आमाको दूध जम्मा भइसकेको छ । ‘माँ भगवती विकास संस्थान’ गैरसरकारी संगठनको हातामा स्थापित उक्त बैंक उदयपुरको सरकारी महिला अस्पतालबाट सञ्चालित छ ।

६ लिटरसम्म आमाको दूध सुरक्षित गर्ने क्षमता बैंकको छ । जसमा अहिलेसम्म दुई लिटरभन्दा बढी आमाको दूध जम्मा भइसकेको छ । यसमा संकलन भएको दूध आवश्यकता रहेका नवजात शिशुका लागि उपलब्ध गराइन्छ ।

यस्तो बैंक खोल्नुको कारणबारे बैंककी संयोजक अर्चना शक्तावत भन्छिन्, ‘भारतमा शिशु मृत्युदर निकै चिन्ताजनक छ । तथ्यांकअनुसार एक हजारमा  ४६ जना बच्चाको असमयमै निधन हुने गरेको छ । यस्तो अवस्थामा यो दूध रामवाण औषधि हो ।’

बैंकका अधिकारीको भनाइ छ कि अहिले उनीहरूको ध्यान उदयपुर सरकारी अस्पतालको गहन चिकित्सा एकाइमा भर्ना भएका बच्चामा छ । ती बच्चाका लागि दूध निकै आवश्यक हुन्छ ।

अर्चनाका अनुसार धेरै बच्चा र आमा कुपोषणको सिकार हुने गरेका छन्, उनीहरूलाई यस्तो दूधले मद्दत गर्नेछ । बैंक अधिकारीका अनुसार एचआइभीपीडित महिला आमा बन्दा पनि यस्तो दूधले मद्दत गर्न सक्छ ।

उनीहरूका अनुसार आमाको दूध यसरी उपलब्ध गराउने अवधारणा भारतकै लागि नयाँ हो । उनीहरूले यसको प्रचार पनि गरिरहेका छन् । अर्चना भन्छिन्, ‘हाम्रा मानिस ठाउँ–ठाउँमा गएर यसबारे मानिसलाई प्रेरित गरिरहेका छन् । केही आमा यस विषयमा शंका पनि गरिरहेका छन् । हामी दूधदान रक्तदानजस्तै हो भनेर सम्झाइरहेका छौँ ।’


र यो पनि हेर्नुहोस् ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.