पछिल्ला सामग्री :
स्तनपान गराउने महिलामा क्यान्सरको खतरा कम


एजेन्सी/ कम्तीमा पनि ६ महिनासम्म बच्चालाई स्तनपान गराउने महिलामा स्तनपान नगराउने महिलामा भन्दा क्यान्सरको जोखिम १० प्रतिशतले कम हुने एक अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार स्तनपान गराउने महिलामा क्यान्सरको मात्र होइन हृदयाघात तथा मस्तिष्कजन्य रोगका कारण ज्यान गुमाउने जोखिम पनि १७ प्रतिशतले कम हुन्छ । विभिन्न ९ वटा युरोपेली देशमा १२ वर्ष सम्म गरिएको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो ।

तीन लाख ८० हजार जना व्यक्तिमा गरिएको अध्ययन अनुसार स्वस्थ जीवनशैली अपनाउने मानिसमा क्यान्सरलगायतका रोगबाट मर्न जोखिम ३४ प्रतिशतले कम हुन्छ । स्वस्थ जीवनशैलीअन्तर्गत वजन नियन्त्रण, शारीरिक रूपमा सक्रियता, सन्तुलित भोजन, वनस्पतीजन्य खाद्य पदार्थको बढी सेवन, मासु तथा अल्कोहलजन्य पदार्थको सेवनमा कटौती तथा आमाहरूले कम्तीमा ६ महिनासम्म स्तनपान गराउनुलगायतका रहेका छन् ।

अध्ययनअनुसार मद्यपान नगर्न तथा सागपात र वनस्पतीजन्य खाद्यपदार्थको यथोचित सेवन गर्ने मानिसमा क्यान्सरको जोखिम १७ देखि २१ प्रतिशतसम्मले कम हुन्छ । यसअघिको अध्ययनले स्तनपानले महिलामा स्तन क्यान्सरको जोखिम कम गर्ने तथ्यसम्म पत्ता लगाएकोमा योपटकको अध्ययनले केवल स्तन क्यान्सर मात्र नभएर अन्य विभिन्न खाले क्यान्सरको रोकथाममा पनि स्तनपान सहयोगी हुने तथ्य फेला पारिएको हो ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.