पछिल्ला सामग्री :
‘न्यायिक अधिकारका लागि प्रतिबद्ध’


काठमाडौं, २९ बैसाख/ सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले प्रेस स्वतन्त्रता र न्यायिक अधिकारका लागि नेपालको न्यायलय प्रतिबद्ध हुने बताउनुभएको छ ।  निष्पक्ष न्याय र प्रेस स्वतन्त्रताका लागि न्यायिक सिद्धान्तका आधारमा फैसला हुनेमा उहाँले विश्वस्त पार्नुभयो । 
आज सर्वोच्च परिसरमा प्रेस चौतारी नेपालको ज्ञापनपत्र बुझ्दै शर्माले प्रेसजगत् मुलुकको एक अभिन्न अंग भएकाले पत्रकारको हक हित र सुरक्षाका लागि आफू प्रतिबद्ध रहेकोसमेत बताउनुभयो । 

उहाँले सबैतिरबाट अहिले अदालतमाथि प्रहार भइरहेको दाबी गर्नुभयो । सबैले सर्वोच्चलाई अचानो बनाएको गुनासो गर्नुभयो । वर्तमान अवस्थामा नेपाली सञ्चारक्षेत्र र सञ्चारकर्मी पेसागत र भौतिक हिसाबले असुरक्षित भइरहेको भन्दै प्रेस चौतारी नेपालले शर्मालाई ज्ञापनपत्र बुझाएको हो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.