स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौं/ त्रिभुवन विश्वविद्यालयले आगामी २३ जेठबाट हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार ९ जेठसम्म स्ववियु निर्वाचन समितिको कार्यालयमा संगठन दर्ता तथा १० जेठमा मतदाता नामावली प्रकाशन गर्ने विश्वविद्यालय सूचना शाखाका प्रमुख भावना वज्राचार्यले जानकारी दिनुभयो ।
वज्राचार्यका अनुसार मतदाता सूचीमाथि दाबी विरोधसहित अन्तिम नामावली प्रकाशन १३ जेठमा, उम्मेदवारका लागि मनोनयनपत्र वितरण १४ जेठमा प्रत्यक्ष र समानुमातिक दुवैका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने रहेको छ ।
यस्तै प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन १६ जेठमा, उम्मेदवारको नामावलीमाथि दाबी विरोध एवं नामावली प्रकाशन १७ जेठ, उम्मेदवारको नाम फिर्ता एवं अन्तिम नामावली प्रकाशन १९ जेठमा र मतदान २३ जेठमा हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.