‘आफ्नो जीविका पसिना बेचेर चलाउँछु’
एक प्रखर गजलकार, विगत लामो समयदेखि मध्यपूर्व इजरायलमा रही गजल, कविताजस्ता विधामा सशक्त कलम चलाउँदै आएकी विशिष्ठ प्रतिभाको नाम हो मिरा मन थापा । एक प्रतिभाशाली मन, भर्खरै उहाँको गजल संग्रह माटो मुटु र मन सार्वजनिक भएको छ । अग्रज गजलकार करुण थापाको मूख्य भूमिका रहेको यो गजल संग्रहमा ७९ गजल छन् । शीर्षकसँग पूरै न्याय भएको छ गजलमा माटो मुटु हुँदै मन छोइन्छन् । एउटा प्रवासी मनमा माटोको माया कति हुन्छ भन्ने यथार्थवोध भएका छन् गजलभित्र । संग्रहमा आफ्ना परिवार, आफन्त अनि मातृभूमि छोड्दाका पीडा छताछुल्ल भेटिन्छन् ।चन्द्रसूर्य झन्डा अनि माटो मुटु र मनमा नलेख्नु नाम धोकेबाज र देश बेच्ने बैमानीको एक–एक सेर आफौमा ज्वलन्त भेटिन्छ संग्रहभरि । उनै मिरासँग कतारमा महेन्द्रप्रसाद पोखरेलले गरेको कुराकानी ।
प्रवासमै बसेर पनि कृति निकाल्नुभयो । कस्तो हुनेरहेछ प्रवासबाट कृति प्रकाशित गर्दा ?
—प्रवासमा रहेर कामको बाबजुद पनि केही लेख्नु र लेख्न समय पाउनु नै खुसीको कुरा हो, यसमा पनि आफूले छरप्रस्ट पोखेका भावनालाई मूर्त रूप दिएर प्रवासी भूमिबाट नेपाली साहित्यमा एउटा इँटा थप्न पाउँदा खुसी नहुने को नै होला र ? म पनि निकै खुसी भएा आफ्नो कृति यहाँहरू माझ ल्याउन पाउँदा ।
—प्रवासमा रहेर कामको बाबजुद पनि केही लेख्नु र लेख्न समय पाउनु नै खुसीको कुरा हो, यसमा पनि आफूले छरप्रस्ट पोखेका भावनालाई मूर्त रूप दिएर प्रवासी भूमिबाट नेपाली साहित्यमा एउटा इँटा थप्न पाउँदा खुसी नहुने को नै होला र ? म पनि निकै खुसी भएा आफ्नो कृति यहाँहरू माझ ल्याउन पाउँदा ।
भनिन्छ प्रवासमा मात्र साहित्य फस्टाएको छ नेपालमा रहेका स्रष्टा खासै कृति निकाल्दैनन् । के भन्नुहुन्छ यसबारे, के साहित्य प्रवासमा मात्र फस्टाएको हो त ?
—हुन सक्छ, नेपालमा अझै पनि आफूभित्रका प्रतिभा देखाउने अवसरको कमी नै छ गाउँघरमा अझै पनि इन्टरनेट सुविधा छैन, पत्रपत्रिकाहरू पुग्दैनन, सहित्यिक कार्यक्रमहरू हुँदैनन ,प्रचार प्रसारको कमी छ आफुले लेखेका सिकेका कुराहरू देखाउने ठाउँ नभएपछी यसै अलपत्र भएका छन प्रतिभाहरू अर्को कुरा आर्थिक को पनि रहन्छ है प्रवासमा भने हरेक सुबिधाहरू छन महत्वपूर्ण कुरा इन्टरनेट जसको सुबिधा छ प्रवासमा र जहाँबाट कोठामा बसेर संसारका हरेक कुनाहरू चिहाउन सकिन्छ ।अति नै प्रचलित फेसबूक संजालले बिश्व भरि छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई सम्पूर्ण प्रतिभाहरू लाई एउटा परिवार जस्तो बनाएको छ ,यहिँ अग्रजहरू हुनुहुन्छ यहिँ पाठकहरू र हामी सिकारूहरू छौ अग्रजहरूको मार्गनिर्देशमा सिक्ने मौका पाएका छौ त्यसैले फुर्सदको समय लाई सदुपयोग गर्ने जाँगर छ । यी सबै सुविधा गाउँगाउँमा हुनेहो भने कल्पना गर्नुस त यो प्रश्न उठ्थ्यो होला र रु समग्रमा प्रवासमा साहित्य समग्रमा प्रवासमा साहित्य फस्टाउनुको कारण अवसर हो ।
आफूमा कृती प्रकाशनपछि र अघिमा के फरक पाउनुभयो ?
—मिरा थापा एउटा सानो परिचय सानो सहित्यिक माहोल सानो चिनारी बोकेर हिडेको मान्छे र आज मेरा आदरणीय अग्रज, पाठक अनि शुभ चिन्तकहरूले बनाउनुभएको ुमीरा मन थापा ुमा आकास र पातालको फरक छ र यसको सम्पूर्ण श्रेय पनि उहाँहरूलाई नै जान्छ जसले मलाई हरेक पहिलामा खबरदारी गर्नुभयो जसले मेरा रचनाहरू खोजिखोजी पढ्नु । यतिबेला यहाँहरूको सल्लाह र माया को उपज ुुमाटो मुटु र मनु यहाँहरू प्रति समर्पीत गरिरहँदा देश विदेशबाट आएका प्रतिक्रिया ,शुभ(कामना र र मायाले म पुलकित भएकी छु र नेपाली साहित्यले मेरो काँधमा ठुलोजिम्मेवारी थपिएको महसुस भएको छ मलाई ।
कुनै कृति निकालेर वा भनौ लेखेर जीविका चलाउन सकिएला ?
—पहिलो कुरा मिरा मन पाखुरीमा बिश्वास गर्ने मान्छे हो । दिमाग बेचेर गुजारा चलाउने उसको सोचभन्दा बाहिरको कुरा पर्यो, उ लेख्छे आत्मसन्तुष्टिका लागि प्रिय पाठकका लागि जसले बारम्बार उसका रचनाहरू पढ्ने माग राखिदिनु हुन्छ । उहाँहरू नै मेरो कमाइ हो उहाँहरूको माया नै मेरा रचनाहरूको जीविकोपार्जन गर्ने माध्यम हो, बस यती भए पुग्छ म आफ्नो जीविका पसिना बेचेर चलाउँछु । मेरा प्रिय पाठकको सहित्यिक प्यास मेटाउन म लेखिरहन्छु निरन्तर निश्वार्थ ।
नेपालको सहित्यिक बजारबारे यहाँलाई कस्तो लाग्छ ?
—अहिले आएर नेपाली साहित्यले निक्कै राम्रो फड्को मारेको छ । देश विदेशबाट नयाँनयाँ प्रतिभा आइरहेका छन् । यो नेपाली साहित्यको लागी निकै खुसीको कुरा हो । आजभोलि नेपाली साहित्यको बजार विस्तृत हुनुका साथै साहित्यलाई मनपराउने पाठकको संख्यामा पनि दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । समग्रमा नेपाली साहित्यको धरातल अझै फराकिलो र मजबुत हुँदै गएको छ । यस्तै मलाई मलाई माया र सदभाव गरी सुझाव दिनुहुने सबै मेरा पाठकप्रति आभारी छु । यहााको सुझाब र माया सदभाव पाउँदा गौरवानुभूति भएको छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.