पछिल्ला सामग्री :
ओमानबाट नेपाली चेलीको उद्धार


शालीकराम आचार्य,ओमान, (मस्कट)/वालटिङ्ग–३ काभ्रे की ३२ बर्षीय दिल कुमारी तामाङको ओमान नेपाली एकता समाजले उद्धार गरी नेपाल फिर्ता पठाएको छ । घरेलु कामदारका लागी यु.ए. ई. मा रहेको मेनपावर मार्फत् दलाल लाई मोटो रकम बुझाएर ओमान आएकी दिल कुमारी तामाङलाई आफुले सोचे बिपरित काम गर्नुपर्ने अनि दैनिकजसो मानसिक अनि शारिरीक पिडा खेप्नुपर्ने उनको दर्दानक पिडा छ । 

आफुले सोचे बिपरित काम गर्नुपर्ने अनि घरमालिकको दैनिकजसो चरम मानसिक दुब्र्यबहार खप्न नसकेकी दिल कुमारी तामाङ अन्तयमा गएर साउदी दुतावासका ओमान प्रतिनिधी तथा ओमान स्थीत नेपाली संघ संस्थाहरु संग अपिल गरेकी थिईन । ओमानका लागी साउदी दुतावासका प्रतिनिधी दिपक श्रेष्टको पटक पटक को पहल र ओमान नेपाली एकता समाजका माहा सचिव धन बहादुर क्षेत्री ओमान नेपाली एकता समाजका केन्द्रिय कोसाअध्यक्ष तथा अल खोएईर एरिया समितीका अध्यक्ष बिष्णु अर्यालको बिशेष योगदानमा दिल कुमारी तामाङको उद्धार सफल भएको हो ।

ओमान नेपाली एकता समाज द्धारा दिल कुमारी तामाङ लाई हवाई टिकेट लगायत उनलाई निकाल्न लागेको जरिवाना समेत मद्धत गरेको छ । गरिबी र धनको अभावका कारण बिदेशिएका नेपाली चेलीहरु लाई मनसिक तथा भौतिक दुब्र्यबहार भोग्नु परेको छ । बिदेशी मुलुकमा नेपालीचेलीहरु दैनिक जसो दुब्र्यबहार खेप्नुपर्ने बाध्यता भएपनि नेपाल स्थित सम्बन्धित निकाय तथा नेपाल सरकार भने मौन बसेको छ ।

ओमान लगायत बिभिन्न खांडी मुलुकमा नेपाली चेलीहरु शारिरीक तथा मानसिक रुपमा पिडीत भएको घटना दिनप्रतिदिन सार्बजनिक भएपनि समस्या समाधानका लागी भने कुनै पहल भएको छैन । जसले गर्दा नेपाली चेलीहरु बिदेशी भुमिमा बिचल्लीमा पर्नुपरकोे छ तर उनि मेनपावर तथा दलालहरु उल्टै सरकार तथा सरकारी निकाए कै संरक्षणमा चलिरहेका छन । नेपाली कामदारहरुको सुरक्षाका लागी यस्ता सबै मेनपावर तथा दलालहरु को निस्कासन गरी सरकारको हातमा हुनु पर्ने बिगत देखिनै माग भएपनि नेपाल सरकारले भने प्रवासी नेपालीहरु को कुनै वास्ता नै नगरेको जानकारी ओमान नेपाली एकता समाजले बताएको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.