पछिल्ला सामग्री :
अबरुद्ध निर्वाचन प्रक्रिया शुरु


शिशिर सिंखडा,  ३० बैशाख/ नेपाल आदिबासी जनजाति महासंघको चितवनमा जारी आठौ महाधिबेशनमा निर्बाचन प्रकृया शुरु भएको छ । कुन्साङ लामाको संयोजकत्वमा पाँच सदस्यीय निर्बाचन समिति बनाएर अध्यक्षताको कार्यभार हस्तान्तरण गर्न खोज्दा जिल्ला समन्वय परिषदका प्रतिनिधिले रोष्टम घेराउ गरि नाराबाजी गरेका थिए । निर्बाचन समितिमा अधिवक्ता अन्जु कायस्थ , निबर्तमान महासचिव आङकाजी शेर्पा ,पुर्ब सभाषद शान्ति प्रीय ,थारु कल्याणकारी सभाकी सहमहामन्त्रि फुलमति महतो  रहनु भएको छ ।   जातिय संगठनका नेताहरुको झण्डै चार घण्टाको छलफल पछि नयाँ सचिवालयले सबै मागको टुङ्गो लगाउने गरि निर्बाचन प्रकृया अगाडी बढाउने सहमति जुटाएको चितवन हाम्रा चितवन समाचारदाता शिशिर सिंखडा ले जनाएका छन  ।


    जिल्ला समन्व्य परिषदका प्रतिनिधि, जातिय संगठनका प्रतिनिधिहरुले उठाएको मागको विषयलाई संवोधन गर्न कार्यदल गठन गरेपछि विहान ११ बजेदेखि अबरुद्ध भएको निर्वाचन प्रक्रिया शुरु भएको छ । जातिय संगठनवाट ३ जना, समन्वय परिषदवाट ३ जना, संबन्धन प्राप्त सदस्यता संस्थावाट २ जना र सचिवालय सदस्यवाट एकजना सदस्य रहने गरी कार्यदल गठन गरेपछि अबरुद्ध निर्वाचन प्रक्रिया शुरु भएको हो । कार्यदलले तीन महिना भित्र आवश्यक सुझाव सहितको प्रतिवेदन संघिय परिषदको सचिवालयलाई पेश गर्ने सहमति भएको छ । सुझाव पेश भएको ६ महिना भित्र विधान संशोधनका लागि विशेष अधिवेशनको व्यवस्था गर्ने समेत सहमति भएको छ । सहमती भएपछि अबरुद्ध निर्वाचन प्रक्रिया अपरान्ह पांचबजेदेखि मात्रै शुरु भएको हो । निर्वाचनको प्रक्रिया शुरु भएसंगै १३ सदस्यीय सचिवालय सदस्यका लागि उम्मेदवारी दिने क्रम शुरु भएको छ । यो समाचार तयार पार्दासम्म संघिय समाजवादी दलका केन्द्रीय सदस्य चन्द्रविक्रम राई, समाज वादी दलकै केन्द्रिय सदस्य नगेन्द्र कुमाल नेपाली कांग्रेसका नरेश ताम्राकार, , एनेकपा माओवादीका तर्फवाट पेम्बा छिरिगं शेर्पा र स्वतन्त्र रुपमा नित्यानन्द ताजपुरीया अध्यक्षका लागि उमेदवारी दिने तयारी गरेका छन् । यसैगरी डन्डु शेर्पा, गोविन्द छत्याल, किरण सुनुवार लगायत महासचिवका लागि उमेदवारी दिने तयारी गरेका छन् । 

जिल्ला समन्वय परिषदलाई अधिकारमुखि बनाउनुपर्ने भन्दै बन्दसत्रको पहिलो दिन नै निर्वतमान अध्यक्ष लेखीलाई संघर्षरत संगठनले दुई वुद्धे माग पत्र बुझाएका थिए । महाधिवेशनले निर्वाचन प्रक्रियालाई व्यवस्थीत बनाउन कुनसाङ लामाको संयोजकत्वमा पांच सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ । निर्वाचन मण्डलमा अधिवक्ता कुन्साङ लामाको संयोजकत्वमा पाँच सदस्यसीय निर्बाचन समिति र मोहनसिँह लामाको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरिएको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.